एनआइसी एसिया बैंक र क्यापिटलबाट हितग्राही खाता खोल्नेको भुक्तानी इसेवाबाट

बिजमाण्डू
२०७६ असार ८ गते १५:४७ | Jun 23, 2019
एनआइसी एसिया बैंक र क्यापिटलबाट हितग्राही खाता खोल्नेको भुक्तानी इसेवाबाट

Tata
GBIME
Nepal Life

काठमाडौं।  एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकमा  हितग्राही खाता खोलेकाहरुले इसेवामार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन्।

हितग्राही खाताधारकहरुको सुविधालाई ध्यानमा राख्दै हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको हो।

हाल एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ। साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड संचालन गरिरहेको छ।