कमोडिटी एक्सचेन्जका लागि छ वटाको आवेदन, पूरानै कम्पनीले हाले आवेदन, कसले पाउला अनुमति?

बिजमाण्डू
२०७६ असार ११ गते १८:४७ | Jun 26, 2019
कमोडिटी एक्सचेन्जका लागि छ वटाको आवेदन, पूरानै कम्पनीले हाले आवेदन, कसले पाउला अनुमति?

Tata
GBIME
Nepal Life

काठमाडौं। कमोडिटी एक्सचेन्ज खोल्न  ६ वटाले कम्पनीले आवेदन हालेका छन्। नेपाल धितोपत्र बोर्डले बुधवारसम्मका लागि आवेदन खुल्ला गरेको थियो।

अन्तिम समयसम्ममा नेशनल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज, नेपाल डेरिभेटिभ एक्सचेन्ज, नेपाल मर्कन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज र राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्जले आवेदन हालेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।उनले आवेदनपछिका प्रकृया छिट्टै अघि बढ्ने बताउँदै आवश्यक कागजात हेर्ने जानकारी दिए।काजगपत्र पुरा गर्ने कम्पनीहरुलाई पनि मेरिटका आधारमा छनोट गर्ने बोर्डको योजना छ।

कम्पनीको मेरिट हेर्दा एक्सचेन्जका सञ्चालक,रणनीतिक साझेदार,चुक्ता पूँजी,बस्तु बजारको क्षेत्र, स्वदेशी वा विदेशी बस्तुलाई दिने प्राथमिकता तथा व्यवसायिक योजना हेरिने गिरीले बताए। बोर्डले यस अघि पनि रद्ध गरिएका निवेदनलाई कारण सहित जानकारी दिएको थियो।

नेपालकै लगानीकर्ता मात्रै रहेको भन्दा पनि रणनीति साझेदार भएका एक्सचेन्जलाई धेरै प्राथमिकता दिने बोर्डको धारणा छ। विदेशी कमोडिटी एक्सचेन्जको नाममा कतिपय कम्पनीले एक्सचेन्जको सहायक कम्पनीलाई रणनीतिक साझेदारको रुपमा भित्र्याउन खोजेका थिए। तर बोर्डले यस पटक वास्तविक एक्सचेन्ज कम्पनी भए/नभएको प्रमाणित गरेर मात्रै अनुमति प्रदान गरिने बोर्डले जनाएको छ।

यसअघि ५ वटा कम्पनीको मात्रै निवेदन परेको थियो। पाँच वटैलाई अनुमति दिन नसकिने भन्दै बोर्डले प्रकृयानै अघि बढाएन्। मापदण्ड नबनेकोले प्रकृया अघि नबढेको हो।

बस्तु तथा विनिमय बजार ऐन आएपछि कम्पनी संचालनका लागि आवेदन मागेको थियो। यसअघि कमोडिटी फ्युचर एक्सचेन्ज, राइजल कमोडिटी डेरिभेटिभ एक्सचेन्ज, नेपाल मर्कन्टाइल एक्सचेन्ज, नेपाल कमोडिटी एक्सचेन्ज र मल्टी डेरिभेटिभ एक्सचेन्जले निवेदन दिएका थिए।

बोर्डले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा नेपाल बैंक सञ्चालक सिमितिका अध्यक्ष वासुदेब अधिकारीको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो। विज्ञ समितिले नेपालमा दुई वटा मात्रै एक्सचेन्ज उपयुक्त हुने सुझाव दिएको थियो।

समितिको सुझाव सँगै बोर्डले यसअघिको सम्पूर्ण निवेदनलाई खारेज गर्दै पुनः निवेदन दिन आह्वान गरेको थियो। बोर्डले निवेदन माग गरेपनि पहिलाको भन्दा फरक ढाँचा तथा आवश्यक थप कागजजात मागेको छैन।

आवेदन दिने कम्पनी

क्र. स.

निवेदन दिने कम्पनीहरु

प्रमुख संस्थापकहरु

नेपाल डेरिभेटिभ एक्सचेन्ज

पुरानै एक्सचेन्ज, प्रकाश पाण्डे

नेपाल मर्कन्टाइल एक्सचेन्ज

दुगड समूह, पृथ्वीबहादुर पाण्डे, पशुपति मुरारका, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक सहितको समूह

कमोडिटी फ्युचर एक्सचेन्ज

जलविद्युत क्षेत्रका लगानीकर्ता, वर्डलिंकका दीलिप अग्रवाल

मल्टि डेरिभेटिभ एक्सचेन्ज

सानिमा बैंक सहित बैंक तथा बीमा कम्पनी

राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज 

एनडेक्सबाट छुट्टिएका उज्वल काफ्लेसहितको टीम 

नेशनल कमोडिटी डेरिभेटिभ एक्सचेन्ज

गैरआवासीय नेपाली समूह