नेपाल टेलिकमले एसईईको नतिजा हेर्ने सेवा ल्यायो, १६ सयमा डायल गर्नुहोस् पास/फेल पत्ता लगाउनुहोस्

बिजमाण्डू
२०७६ असार १२ गते १२:०७ | Jun 27, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा सहज रुपमा थाहा पाउने सेवा ल्याएको छ।परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि थाहा पाउन सिम्बोल नम्बर टाइप गरेर १६००मा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ।

यो वाहेक १६ सयमा कल गरेर पनि एसईईको नतिजा पाउन सकिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार मोबाइल नम्बर,ल्याण्डलाइन र सिडिएमए फोनबाट १६ सयमा डायल गरेपति नतिजा पाइनेछ।

टेलिकमकै वेवसाइट see.ntc.net.npमा लगइन गरेर समेत नतिजा पाइने विज्ञप्तिमा उल्लेख छ।यो वेवसाइटमार्फत मार्कसिट समेत हेर्न सकिन्छ।तर त्यसका लागि आधिकारिक जन्ममिति चाहिन्छ।