विद्युत प्राधिकरणमा ६५१ जनाको जागिर खुलायो, एसएलसीदेखि स्नातकोत्तरसम्म स्थायी जागिर 

बिजमाण्डू
२०७६ असार १३ गते १२:३० | Jun 28, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले अधिकृत तथा सहायक स्तरका पदमा ६५१ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृत स्तरको पदका लागि १११ जना कर्मचारी भर्ना गर्न भएको छ। त्यस्तै सहायक स्तरको पदका लागि ५४० जना कर्मचारी भर्ना गर्ने भएको हो। 

प्राधिकरणले १०औं तहको प्रवन्धक पदमा सिभिल र इलेक्ट्रिक समुहका लागि एक/एक जनाको लागि दरखास्त आह्वान गरेको छ। यो पदका लागि नेपाल सरकार मातहतको कार्यलयमा न्युनतम ७ वर्षको कार्यानुभव हुनु पर्नेछ। आठौ तहसम्मका पदमा कार्यानुभव हुनु पर्नेछ भने बाँकी पदका लागि आवस्यक पर्दैन। 

प्राधिकरणले प्राविधिक तथा प्रसासन दुबै तर्फका रिक्त दरवन्दी पुर्ती गर्ने भएको हो। प्राधिकरणले सबैभन्दा धेरै मिटर रिडलरका लागि विज्ञापन खुला गरेको छ। क्षेत्रिय स्तरका कार्यालय तोकेरै कर्मचारी माग गरिएको हो। 

योग्यता पुगेका इन्छुक नेपाली नागरिकले साउन २ गतेसम्म आवेदन दिन सक्ने छन्। दोब्बर दोस्तुर तिरेर भने साउन ९ गतेसम्म आवदेन दिन सकिने प्राधिकरणले जनाएको छ। सम्पुर्ण पदको परिक्षा लोकसेवा आयोगले लिनेछ। अधिकृत स्तरका पदका लागि १२०० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म दश्तुर लाग्नेछ भने सहायक स्तरका पदमा तीन सय रुपैयाँदेखि ८०० रुपैयाँ सम्म लाग्नेछ। पदका आधारमा दश्तुर शुल्क फरक फरक रहेको छ। समावेशी समुहका लागि आवदेन दिनेले थप दश्तुर भुक्तानी गर्नु पर्ने हुन्छ। 

प्राधिकरणले खुला पदपुर्ती सँगै आन्तरिक बढुवका लागि पनि विज्ञापन खुला गरेको छ। विज्ञापनको सम्पुर्ण विवरण शुक्रबारको गोरखापत्रमा हेर्न सकिनेछ।