महिन्द्राको मनसुन सर्भिस क्याम्प, ३० चेक प्वाइन्टमा दक्ष प्राविधिकबाट गाडीको जाँच गर्ने

बिजमाण्डू
२०७६ असार १५ गते १७:४० | Jun 30, 2019
महिन्द्राको मनसुन सर्भिस क्याम्प, ३० चेक प्वाइन्टमा दक्ष प्राविधिकबाट गाडीको जाँच गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं।महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटोवर्क्सले मनसुन सर्भिस क्याम्प संचालनमा ल्याएको छ।

कम्पनीले असार १८गतेदेखि २० गतेसम्म यो क्याम्प संचालन गर्नेछ।यो क्याम्पमा महिन्द्रा गाडीका सबै रेन्जका चार पाँग्रे गाडीहरुलाई विभिन्न ३० चेक प्वाइन्टमा दक्ष प्राविधिकले जाँच गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्याम्पमा ग्राहकको निशुल्क स्वास्थ्य परीक्षण समेत गरिनेछ।कम्पनीका अनुसार यो योजनामा ग्राहक तथा चालकलाई स्पेयर पार्टस,लुब्रिकेन्ट र श्रमिक मूल्यमा १० प्रतिशत छुट दिइनेछ।