रेनोको विराटनगरमा विदेशमा जस्तै दुई तल्ले शोरुम, पहिलो दुई तल्ले शोरुम यस्तो छ

बिजमाण्डू
२०७६ असार १९ गते १५:५२ | Jul 4, 2019
रेनोको विराटनगरमा विदेशमा जस्तै दुई तल्ले शोरुम, पहिलो दुई तल्ले शोरुम यस्तो छ

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपालका लागि रेनो गाडीहरुको अधिकृत वितरक एडभान्स अटोमोबाईलले विराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले शोरुम संचालनमा ल्याएको छ।

कम्पनीको विराटनगरको डिलर महावीर अटोमोबाइल्सले शोरुम संचालनमा ल्याएको हो।नयाँ शोरुममा रेनोको डस्टर, क्वीड र क्याप्चर गाडीहरु उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकहरुलाई सेल्स, सर्भिस तथा स्पेयर पार्टस्को पहुँचलाई सहज बनाउनेछ।

एड्भान्स अटोमोबाइलका मार्केटिङ म्यानेजर सन्दीप क्षेत्रीले भने, “हामी विराटनगरमा नयाँ २ तल्ले शोरुम उद्घाटन गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो रेनोको नेपालमा पहिलो २ तल्ले शोरुम हो । रेनोले देशभरका ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्न आधुनिक तथा नवीनतम प्रविधिहरु ल्याइरहेको छ।”

एडभान्स अटोमोबाइलका डिलर म्यानेजर विपुल भट्टराईले भने, “यो रेनोको विराटनगरमा पहिलो पूर्ण सुविधा सहितको २ तल्ले शोरुम हो । यो शोरुमसँगै समग्र प्रदेशनै विभिन्न तरिकाबाट लाभान्वित हुनेछ।”