भारतमा विद्युतीय गाडी किन्नेलाई ‘रिबेट’को व्यवस्था, जिएसटी घट्दा नेपाललाई फाइदा

बिजमाण्डू
२०७६ असार २० गते ००:०० | Jul 5, 2019

Tata
GBIME
Nepal Life

भारतमा बिद्युतीय सवारी सस्तो हुने भएको छ। बजेट भाषणमा अर्थमन्त्री निर्मला सीतारमणले बिद्युतीय सवारी किन्नेहरुकालागि इनकम ट्याक्स रिबेटको घोषणा गरिन्।

बिद्युतीय सवारी किन्ने उपभोक्ताले ऋणको ब्याजमा डेढ लाख भारुको आयकर छुटको घोषणा गरिन्। यसबाट ऋण अवधिभर उपभोक्तालाई  अढाई लाख रुपैयाँसम्म नाफा हुने बताइएको छ।

बजेट भाषणकै क्रममा अर्थमन्त्रीले जिएसटी परिषदलाई विद्युतीय गाडीमा लाग्दै आएको कर घटाउन भनेकी छिन्।

उनले परिषदलाई बिद्युतीय सवारीमा लाग्दै आएको १२ प्रतिशत कर घटाएर ५ प्रतिशत गर्न भनेकी हुन्।

इन्टरनेशनल कम्बसन इन्जिन (आइसिइ)बाट चल्ने सवारीहरुमा भने सबैभन्दा उच्च २८ प्रतिशत कर लाग्दै आएको छ। त्यसमाथि १ देखि १५ प्रतिशतको दरमा सेस पनि लगाउँदै आएको छ।