हिरा ब्यापारी नीरव मोदीपछि पिएनबीमा अर्को बैंकिङ घोटाला, बिपिएसएलबाट ३८ अर्ब भारु घोटाला

बिजमाण्डू
२०७६ असार २४ गते ११:१८ | Jul 9, 2019
हिरा ब्यापारी नीरव मोदीपछि पिएनबीमा अर्को बैंकिङ घोटाला, बिपिएसएलबाट ३८ अर्ब भारु घोटाला

Tata
GBIME
Nepal Life

मुम्बइ। हिरा ब्यापारी नीरव मोदी र मेहुल चौकसीको पञ्जाब नेशनल बैंक (पिएनबी) घोटालापछि अर्को एउटा घोटाला सार्बजनिक भएकोछ । भुषण पावर एण्ड स्टिल लिमिटेड (बिपिएसएल) ले ३८ अर्ब भारु घोटाला गरेको पिएनबीले जनाएको छ।

घोटालाको जानकारी भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) ले दिएको हो। कम्पनीले बैंकको ऋण घोटाला गरेको हो। पिएनबीले यसको जानकारी शेयर बजारको नियामक सेबीलाई दिएको छ।

बैंकले डुबेको ऋण असुल गर्नका लागि प्रकृया थालिसकेको छ। बैंकले बिपिएसएलको खातापातामा गहिरो अनुसन्धान गरिरहेको छ। यसअघि निरब मोदीले १३ हजार करोड भारु घोटाला गरेका थिए। मोदीबाट पैसा असुल गर्न पिएनबीले सक्दो प्रयास गरेपनि उठाउन सकेको छैन।

पिएनबी सरकारी बैंक हो। पिएनबीको २० प्रतिशत शेयर लगानी नेपालको एभरेष्ट बैंकमा पनि छ। पिएनबीमा भएको घोटालाको असर भने एभरेष्ट बैंकलाई पर्दैन।