कृषि विकास बैंकले ३८४ जना कर्मचारी माग्यो, प्लस टु उत्तिर्णलाई पनि अवशर, अनलाइन फारम

बिजमाण्डू
२०७६ असार ३१ गते ०९:२४ | Jul 16, 2019
कृषि विकास बैंकले ३८४ जना कर्मचारी माग्यो, प्लस टु उत्तिर्णलाई पनि अवशर, अनलाइन फारम


Tata
GBIME
Nepal Life

काठमाडौं। कृषि विकास बैंकले विभिन्न तहमा गरेर ३८४ जना कर्मचारी माग गरेको छ। बैंकले तह ४ देखि ९ सम्मका लागि कर्मचारी माग गरेको हो।

बैंकले सुर्खेत केन्द्रका लागि ४२ जना सहायक स्तरका कर्मचारी माग गरेको छ। भैरहवामा १०० जना, विराटनगरमा ५४ जना कर्मचारी माग गरेको छ। प्रशासन लेखामा चार तहमा कर्मचारी माग गरिएको हो। यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ।

बैंकले पाँच तहमा ओभरसियरमा पनि कर्मचारी माग गरेको छ। पाँच जना कर्मचारी माग गरिएको छ। पाँचौ तहमा एमआइएस सहायक १३ र ब्यवसाय सहायक १०७ जना माग गरिएको छ। 

सातौं तह बरिष्ठ इन्जिनियर (आइटी) मा २० जना माग गरिएको छ भने चार्टर्ड एकाउन्टेन्ट  २२ जना माग गरिएको छ। नौं तह वरिष्ठ शाखा प्रमुखमा ८ जना कर्मचारी माग गरिएको छ। इच्छुकले साउन २० गतेभित्र आवेदन दिइसक्नु पर्छ। बैंकको वेवसाइटमा गएर अनलाइनबाटै फारम भर्न सकिन्छ। परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि १००० रुपैयाँसम्म तोकिएको छ।