प्रभु लाइफले प्रदेशस्तरमा २ सयभन्दा धेरै कर्मचारी माग्यो, ४ बैंक र बित्तीय संस्थामा पनि अवसर

बिजमाण्डू
२०७६ साउन १ गते १०:२८ | Jul 17, 2019
प्रभु लाइफले प्रदेशस्तरमा २ सयभन्दा धेरै कर्मचारी माग्यो,  ४ बैंक र बित्तीय संस्थामा पनि अवसर



काठमाडौं। प्रभु बैंकले जीवन बीमा व्यवसाय देशव्यापी प्रदेश स्तरीय शाखा कार्यालयका लागि दुईसय २२ जना भन्दा धेरै कर्मचारी माग गरेको छ। त्यस्तै कामना सेवा विकास बैंकले सञ्चालनमा रहेका तथा नयाँ स्थापना हुन लागेका शाखा कार्यालयको लागि कर्मचारी मागेको छ।

Tata
GBIME
Nepal Life

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश स्तरीय शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ। कम्पनीले हरेक शाखा कार्यलयको लागि ब्रान्च म्यानेजर, सब ब्रान्च इन्चार्ज, बैंकास्योरेन्स र अप्रेसन इन्चार्जका लागि विज्ञापन आह्वान गरेको छ।

कम्पनीले नयाँ ७४ वटा शाखा कार्यालयका लागि कर्मचारी मागेको हो। हरेक शाखामा एक जना ब्रान्च म्यानेजर, र दुई जनाको दरले इन्चार्ज नियुक्त गर्दा पनि कम्तिमा दुई सय २२ जना कर्मचारी नियुक्त गर्ने छ। कम्पनीले जीवन बीमा व्यवसायलाई देशव्यापी बनाउन नयाँ शाखा कार्यालय खोल्न लागेको जनाएको छ।

ब्रान्च म्यानेजर पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरी न्युनतम दुई वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवेदकले साउन १५ गतेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन्। कम्पनीले स्थानीय आवेदकलाई प्राथमिकता दिने जनाएको छ।

कम्पनीले प्रदेश एकको विर्तामोड, खाँदबारी, कटारी, भोजपुर,  दिक्तेल, तेह्रथुम, सोलुखुम्बु, ताप्लेजुङ शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।

त्यस्तै दुई नम्बर प्रदेशको विरगञ्ज, कलैया, लहान, जनकपुर, सिमरा, बर्दिबास, सुवर्नपुर, सिम्रौनगढ, चन्द्रपुर, गौर, बर्थहवा, मलङ्गवा,  सिरहा र कञ्चनपुर शाखामा कर्मचारी माग गरिएको छ।

तीन नम्बर प्रदेशको काठमाडौं उपत्यका, चरिकोट, रामेछाप, बाह्रविसे, धार्के, फर्पिङ र बनेपाको लागि कर्मचारी माग गरिएको छ। त्यस्तै चार नम्बर प्रदेशको पोखरा, लेखनाथ, बाग्लुङ, गोर्खा, बेनी, गल्कोट, वालिङ, कुस्मा, जोमसोम, खैरेनी शाखामा नयाँ कर्मचारी नियुक्त गर्ने भएको हो।

पाँच नम्बर प्रदेशको बुटवल, नेपालगञ्ज, कपिलबस्तु, भैरहवा, लमही, कोहलपुर, रोल्पा, सन्धिखर्क, तम्घास, रामपुर, भुरीगाऊँ, जितपुर, रुकुमकोट, भुमही शाखामा कर्मचारी माग गरिएको हो।

६ नम्बर प्रदेशका लागि सुर्खेत, कालिकोट, मेलकुन, दैलेख, सल्यान, बेवियाचौर सुर्खेत, चौरझारी, जुमलामा शाख खोल्न लागेको हो। र सात नम्बर प्रदेशका लागि धनगढी, टिकापुर, डोटी, विरगञ्ज, बाजुरा, अत्तरिया, साँफेवगर, बैतडीको पाटन, जोगबुढा र सुख्खडका लागि कर्मचारी माग गरेको हो।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले पनि सञ्चालनमा रहेका ५ शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर माग गरेको छ। त्यस्तै नयाँ स्थापना हुन लागेका १० शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर पदका लागि आह्वान गरेको हो। ब्रान्च म्यानेजर पदका लागि स्नातकोत्तर गरि कम्तिमा तीन वर्षको कार्यानुभ हुनु पर्ने छ।

बैंकले रिलेसनसिप म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको छ। हाल सञ्चालनमा रहेका १३ शाखाका लागि रिलेसनसिप म्यानेजर र नयाँ स्थापना हुन लागेका १० शाखा कार्यालयका लागि पनि रिलेसनसिप म्यानेजर आह्वान गरिएको छ।

हाल सञ्चालनमा रहेका १७ शाखा र नयाँ स्थापना हुन लागेका ११ शाखा कार्यालयका लागि सर्भिस म्यानेजर माग गरेको हो। अफिसर तहका कर्मचारीको हकमा ३५ वर्ष र सहायक स्तरका पदका लागि ३० वर्ष ननाघेको हुनु पर्नेछ। इन्छुक आवेदकले साउन १४ गतेसम्ममा अनलाइनबाट आवदेन दिन सक्ने छन्।

माछपुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले केही संख्यामा सहायक स्तरका कर्मचारी माग गरेको छ। बैंकले एसिस्टेन्ट बिजनेस एनलाइसिस्ट पदका लागि माग गरेको हो। यस पदका लागि न्युनतम इन्फरमेसन टेक्नोलोजीमा बिएस्सी सिएसआइटी उत्तीर्ण गरेका आवेदक माग गरिएको छ।

युनाइटेड फाइनान्स

युनाइटेड फाइनान्सले नयाँ स्थापना हुन लागेको ९ शाखा कार्यालयका लागि जुनियर अफिसर, अफिसर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ ।

जुनियर अफिसर पदका लागि स्नातक गरि न्युनतम चार वर्षको कार्यानुभव हुनु पर्ने बताइएको छ। सिनियर एसिस्टेन्ट पदका लागि न्युनतम स्नातक गरी दुई वर्षको कार्यानुभव हुनु पर्नेछ।

एसिस्टेन्ट पदका लागि स्नातक गरि एक वर्षको कार्यानुव हुनु पर्नेछ भने जुनियर एसिस्टेन्ट पदका लागि प्सटु गरेको हुनु पर्ने फाइनान्सले जनाएको छ। इच्छुक आवेदकले साउन १५ गतेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन्।