सिप्रदीको एक्सचेन्ज अफरसहित निशुल्क मनसुन चेकअप क्याम्प, यस्तो छ आकर्षक छुट

बिजमाण्डू
२०७६ साउन २ गते ११:५९ | Jul 18, 2019
सिप्रदीको एक्सचेन्ज अफरसहित निशुल्क मनसुन चेकअप क्याम्प, यस्तो छ आकर्षक छुट

Tata
GBIME
Nepal Life

काठमाडौं।टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक्सचेन्ज अफरसहित निशुल्क मनसुन चेकअप क्याम्प गरेको छ।

विहिबार सकिने यो क्याम्प सोल्टीमोड, बालकुमारी,बागडोल र काठमाण्डौ बाहिरका इटहरी, पोखरा,नेपालंगञ्ज,वीरगंज र मेचीमा संचालन भइरहेको छ। क्याम्पमा  टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न पनि मिल्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार एक्सचेन्ज अफरम गाडीको उचित मूल्यांकन र आकर्षक नगद छुट दिइनेछ।

क्याम्पमा गाडीको स्पेयर पार्टस र लुब्रिकेन्टसमा २० प्रतिशतसम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट, व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट र एक्सचेन्ज लोयल्टीमा बोनस १ लाख प्रदान गरिनेछ। कम्पनीले निशुल्क गाडी वासिङ व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडीलाई नगरकोट होटलमा बस्ने प्याकेज पनि दिने जनाएको छ।