सुरक्षा र सामान्य पुर्वाधार नभएका स्थानीय तहमा मात्रै बैंक शाखा खुल्न बाँकी, ७३० तहमा शाखा

बिजमाण्डू
२०७६ साउन ३ गते १४:२४ | Jul 19, 2019
सुरक्षा र सामान्य पुर्वाधार नभएका स्थानीय तहमा मात्रै बैंक शाखा खुल्न बाँकी, ७३० तहमा शाखा


Tata
GBIME
Nepal Life

काठमाडौं। देशभरका ७५३ मध्ये ७३० वटा स्थानीय तहमा बाणिज्य बैंकहरुका शाखा पुगेका छन्। प्रदेश ५ को सबै स्थानीय तहमा शाखा पुगिसकेको छ भने बाँकीमा पुग्न बाँकी छ।

नेपाल राष्ट्र बैंकका अनुसार, जेठ मसान्तसम्म २३ वटा स्थानीय तहमा मात्र शाखा पुग्न बाँकी छ। भौगोलिक जटिलता, पुर्वाधार पहुँच अभावले ती ठाउँमा शाखा पुग्न नसकेको हो।

प्रदेश १ को एउटा स्थानीय तहमा मात्र शाखा पुग्न बाँकी छ। प्रदेश २, ३,  कर्णालीका दुई/दुई स्थानीय तहमा शाखा पुगेका छैनन्। कर्णालीमा १० र सूदुर पश्चिममा ६ वटा स्थानीय तहमा शाखा पुग्न बाँकी छ।

अघिल्लो जेठको तुलनामा यसपालीको जेठसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १९ सय १३ ले बढेको छ। अहिले लघुवित्तसहित गर्दा देशभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ५६४ पुगेको छ। यसमध्ये ३५ सय ७० लघुवित्तको छ। बाणिज्य बैंकहरुको ३५ सय ३९ पुगेको छ।