आधार ब्याज एक प्रतिशत बिन्दुले घट्यो, ऋणको ब्याज पोहोरभन्दा कम, अन्तर बैंक ब्याज बढ्यो

बिजमाण्डू
२०७६ साउन ३ गते १४:३१ | Jul 19, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुले निक्षेपको ब्याज दरमा भद्र सहमति गरेपछि आधार दर घटेको छ। अघिल्लो जेठमा १०.४१ प्रतिशत रहेको आधार दर यसपाली ९.४८ प्रतिशतमा आएको छ। 

आधार दर एक प्रतिशत बिन्दुभन्दा बढिले झर्दा ग्राहकको ऋणको ब्याज पनि घटेको छ। 

गत बर्ष निक्षेपको औषत ब्याज दर ६.६१ प्रतिशत रहेकोमा यसपाली थोरै बढेर ६.६४ प्रतिशत पुगेको छ। ऋणको औषत ब्याज दर १२.४२ प्रतिशतबाट झरेर १२.२० प्रतिशतमा आएको छ।

यता ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याज दर भने बढेको छ। ४.३८ प्रतिशतबाट बढेर साढे पाँच प्रतिशत पुगेको छ। अन्तर बैंक ब्याज दर ४.१८ प्रतिशतबाट बढेर ६.९१ प्रतिशत पुगेको छ।