मूल्य बृद्धि दर तोकिएको लक्ष्यभन्दा माथि पुग्यो: नेपालीको भान्सा एक वर्षमा दोब्बरले महँगियो

बिजमाण्डू
२०७६ साउन ३ गते १४:४१ | Jul 19, 2019
मूल्य बृद्धि दर तोकिएको लक्ष्यभन्दा माथि पुग्यो: नेपालीको भान्सा एक वर्षमा दोब्बरले महँगियो


Tata
GBIME
Nepal Life

काठमाडौं। खद्य तथा पेय पदार्थको मुल्य बृद्धिदर दोब्बरभन्दा धेरैले बढेको छ। गत आर्थिक बर्षको ११ महिनामा मूल्य बृद्धि ६.७ प्रतिशत पुगेको छ। अघिल्लो बर्षको यहि अवधिमा तीन प्रतिशत थियो। 

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखेको थियो। 

खाद्यान्तको मुल्य बृद्धिदर ३.९ प्रतिशतबाट ५.६ प्रतिशत पुगेको छ। त्यस्तै तरकारीको बृद्धिदर ७.५ प्रतिशतले बढेको थियो। गत वर्षको यहि अवधिमा तरकारीको बृद्धिदर ११ प्रतिशतबाट १४.६ प्रतिशत पुगेको छ। माछामासुको मुद्रास्फीति अघिल्लो वर्ष १.३ प्रतिशत विन्दुले घटेकोमा गत वर्ष ७.६ प्रतिशत विन्दुले बढेको छ। 

जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको जेठमा उपभोक्ता मुद्रास्फीति ४.१ प्रतिशत थियो। 

गैर खाद्य तर्फको मूल्य बृद्धि पनि चुलिएको छ। जेठ महिनामा गैर खद्य तथा सेवा समुहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको जेठमा यस समुहको मुद्रास्फीति ५ प्रतिशत रहेको थियो। यस समुह अन्तर्गतको घरायसी सेवा तथा उपयोगिताको मुद्रास्फीति ७ प्रतिशत बिन्दुले बढेको छ। 

सबैभन्दा धेरै महंगी काठमाडौंमा बढेको छ। काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१ प्रतिशत विन्दुले बढेको छ। नेपाल र भारतको तुलना गर्दा नेपालको वार्षिक उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत विन्दुले बढेकोमा भारतमा ३.१८ प्रतिशतले मात्रै बढेको छ।