बैंकहरुको कर्जा १८.६% ले बढ्यो, कृषि कर्जामा ३७.४% बृद्धि, बैंकिङ कर्जा चार खर्ब ५१ अर्बमाथि

बिजमाण्डू
२०७६ साउन ३ गते १६:२८ | Jul 19, 2019


काठमाडौं। बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा लगातार कर्जा थप्न थालेका छन्। अघिल्लो वर्षको जेठसम्ममा बैंकहरुले ४७.७ प्रतिशतले कर्जा बढाएकोमा गत वर्ष ३७.४ प्रतिशतले बढाएका हुन्।

Tata
GBIME
Nepal Life

बैंकहरुले गत आर्थिक वर्षको ११ महिनामा चार खर्ब ५१ अर्ब रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्षको यहि अवधिको तुलनामा १८.६ प्रतिशतले कर्जा बढाएका छन्।

कृषि कर्जामध्ये सबैभन्दा धेरै कृषि फार्मिङतर्फको कर्जा ८३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सरकारले कृषि कर्जामा व्याज अनुदान दिँदै आएको छ। सरकारको पछिल्ला नीति तथा कार्यक्रमले कृषि क्षेत्रमा अनिवार्य कर्जा प्रवाह गर्नु पर्ने वाध्यात्मक नियम ल्याएको हुँदा यस्तो क्षेत्रमा कर्जा बढेको हो।

त्यस्तै दोस्रो नम्बरमा खनिज तथा खानी उत्खननका क्षेत्रमा कर्जा बढ्न थालेको छ। खनिज तर्फ गत वर्षको भन्दा ४१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो क्षेत्रमा एक अर्ब ७२ करोड रुपैयाँ लगानी भएकोमा गत वर्ष दुई अर्ब ८ करोड रुपैयाँ लगानी भएको छ।

उत्पादनमुलक क्षेत्रमा बैंकहरुले १९ प्रतिशतले कर्जा बढाएका छन्। जेठ मसान्तसम्ममा उत्पादनमुलक क्षेत्रमा ७९ अर्ब २१ करोड रुपैयाँ लगानी भएको छ। यातायात तथा सार्वजनिक यातायातको क्षेत्रमा बैंकहरुले ४१ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन्।  

बैंकहरुको सेवामुलक उद्योगमा २२ प्रतिशतले लगानी बढेको छ। यस्तो क्षेत्रमा बैंकहरुले ४३ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन्।

बैंक तथा वित्तीय क्षेत्रले प्रवाह गरेको कर्जा

कर्जा क्षेत्र

जेठ २०७५

जेठ २०७६

ऋण लगानी

बृद्धि (%)

ऋण लगानी

बृद्धि (%)

 1. Agriculture

42928.5

47.7

50833.9

37.4

 2. Mines

1725.2

44.3

2088.6

41.5

 3. Productions

53356.9

16.2

79214.6

19.9

 4. Construction

36602.9

17.3

53714.7

21.2

 5. Metal Productions

7450.8

29.8

4070.7

12.3

 6. Transportation Equipment

3392.4

10.1

6339.1

17.2

 7. Transportation, Communications and Public Services

23202.5

22.1

41398.8

31.1

 8. Wholesaler and Retailers

88054.2

20.3

87295.9

16.4

 9. Finance, Insurance, and Fixed Assets

30576.9

18.5

20013.3

9.9

 10. Service Industries

32430.1

20.8

43850.2

22.2

 11. Consumable Loan

-768.2

-0.9

155.2

0.2

 12. Local Government

-32.7

-2.1

11.8

0.8

 13. Others

62989.5

18.3

62390.5

15.3

जम्मा

381909.0

19.2

451377.4

18.6