सिटिजन्स बैंकको नाफा २१ प्रतिशतले बढेर डेढ अर्ब पुग्यो, खुद ब्याज आम्दानीमा उच्च सुधार

बिजमाण्डू
२०७६ साउन ५ गते ०९:११ | Jul 21, 2019
सिटिजन्स बैंकको नाफा २१ प्रतिशतले बढेर डेढ अर्ब पुग्यो, खुद ब्याज आम्दानीमा उच्च सुधार


Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले २१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक बर्ष १ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेको बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले ५० करोड २८ लाख रुपैयाँ फि, कमिसनबाट मात्रै आर्जन गरेको छ।

बैंकले ३.८४ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको जनाएको छ। जबकी राष्ट्र बैंकले साढे चार प्रतिशतसम्म काम गर्न छुट दिएको छ। बैंकको पूँजी कोष अनुपात १३ प्रतशित माथि छ भने खराब कर्जा अनुपात एक प्रतिशतभन्दा केही बढि छ। 

बैंकको आधार दर भने केही महँगो छ। बैंकको आधार दर १०.५२ प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी करिव १८ रुपैयाँको हाराहारी छ।