बैंक मर्जर बारे मुद्रा कोषको प्रतिकृया: संस्था बलियो बन्नु पर्छ, वित्तीय स्थायित्व कायम होस्

बिजमाण्डू
२०७६ साउन ६ गते १०:१३ | Jul 22, 2019
बैंक मर्जर बारे मुद्रा कोषको प्रतिकृया: संस्था बलियो बन्नु पर्छ, वित्तीय स्थायित्व कायम होस्

Tata
GBIME
Nepal Life

काठमाडौं। एक दशकअघि नै बैंकको संख्या घटाउन दबाब दिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले राष्ट्र बैंकले अहिले आएर लिन खोजेको नीतिको समर्थन गरेको छ।

राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिमा 'बिग मर्जर' लाई प्राथमिकता दिन लागेको छ। संख्या नतोकि आधा दर्जनभन्दा बढि बैंक चालु बर्ष घटाउने नीति राष्ट्र बैंकको छ।

यसैसन्दर्भमा मुद्रा कोषको नेपाल हेर्ने डिभिजनलाई बिजमाण्डूले सोधेको थियो- राष्ट्र बैंकले लिन लागेको मर्जर नीतिका बारेमा कोषको धारणा के छ?

इमेलको जबाफ दिँदै कोषको आसियान ३ डिभिजनका डेपुटी चिफ लाउरा जारामिल्लो मयोरले लेखेका छन्-  हामी कुनै निष्चित बैंक गाभिने बिषयमा अनुमान गर्न सक्दैनौं। वित्तीय स्थायित्वमा जोखिम नहुने गरी मर्जर गर्नु पर्छ।

गत महिना मुद्रा कोषका क्षेत्रीय प्रतिनिधि आन्द्रेस डब्लु बौरले सर्तसहित मर्जरमा जानु पर्न बताएका थिए। आन्द्रेस गत साता कार्यकाल सकेर बिदा भइसकेका छन्। त्यसबेला उनले कुटनीतिक बारमा जबाफ फर्काएका थिए।

बिजमाण्डूको इमेलको जबाफ दिँदै लाउरा जारामिल्लोले भनेका छन्- बैंकहरुबीच मर्जर त्यसबेला हुनु पर्छ जसले संस्थाहरुलाई बलियो बनाउनुका साथै  प्रतिस्पर्धा र वित्तीय स्थायित्वका लगि जोखिम नउठाउन्। 

कोषले नेपाली बैंकहरुको खराब कर्जा अनुपातमा आशंका गरेपनि दुई प्रतिशतभन्दा कम हुनुलाई राम्रो मानिरहेको छ।