एनआईसी एशियाको चार अर्ब ४० करोडको ऋणपत्र आजदेखि, १०.२५% मा ७ वर्ष लगानी गर्ने अवसर

बिजमाण्डू
२०७६ साउन ६ गते १०:२२ | Jul 22, 2019


काठमाडौं। एनआईसी एशिया बैंकले आजदेखि चार अर्ब ४० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले ४४ लाख कित्तामध्ये १७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो। बैंकले पहिलो चरणमा साउन ९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा भदौ तीन गतेसम्म निष्कासन गर्नेछ।

सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २२ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ। आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ।

बैंकले १०.२५ प्रतिशत व्याजदरमा सात वर्षको लागि ऋणपत्र निष्कासन गरेको हो। बैंकले अर्धवार्षिक रुपमा तोकिएको व्याज भुक्तानी गर्नेछ। बैंकको यो पाँचौं ऋणपत्र हो। बैंकले अहिलेसम्म निष्कासन गरेका सम्पुर्ण ऋणपत्र बिक्री गर्न सफल भएको छ।

अहिले निष्कासन भएको ऋणपत्रसहित बैंकसँग १२ अर्ब १३ करोड रुपैयाँको ऋणपत्र हुनेछ। यस अगाडि बैंकले सबैभन्दा महंगो ऋणपत्र निष्कासन गरेको थियो। बैंकले ११ प्रतिशतमा एनआईसी एशिया डिवेन्चर २०८२/८३ निष्कासन गरेको थियो।

निक्षेप तथा कर्जा लगानीमा आक्रमक रहेको एनआईसी एशियाले आफ्नो दायरा थप बढाउन ऋणपत्र निष्कासन गरिरहेको छ।