प्राइम र कन्काइले मर्जरको लागि डाके विशेष साधारणसभा, साउन २२ मा लगानीकर्ताबाट अन्तिम स्वीकृति

बिजमाण्डू
२०७६ साउन ६ गते १०:३३ | Jul 22, 2019


काठमाडौं। प्राइम बैंक र कन्काइ विकास बैंकले मर्जरलाई अन्तिम रुप दिनका लागि छुट्टा छुट्टै विशेष साधारणसभा डाकेका छन्। दुबै बैंकले साउन २२ गते साधारणसभा डाकेका हुन्।

Tata
GBIME
Nepal Life

साधारणसभाले एसएआर एसोसिएटले तयार पारेको डिडिए प्रतिवेदन पारित गर्ने छ। डिडिए प्रतिवेदन अनुसारको स्वाप रेसियोलाई दुबै बैंकका साधारणसभाले प्रस्ताव गरेका छन्।

गाभिने सम्झौतासँगै दोस्रो बजारमा कन्काई विकास बैंकको कारोबार रोक्का छ। दुई बैंकले गत असारमा एक्वायर गर्ने सहमति गरेका थिए।  

प्राइमको भने साधारणसभा प्रयोजनको लागि साउन १४ गते बुक क्लोज गर्ने छ। साउन १३ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन्।

कन्काई गाभेसँगै प्राइमको अवस्था

विवरण (रु.०००)

प्राइम बैंक

कन्काई विकास

मर्जरपछि

चुक्ता पुँजी

8033299

515000

8548299

जगेडा कोष

4697629

86635

4784264

निक्षेप संकलन

68657820

1928812

70586632

ऋण लगानी

72868687

1900142

74768829

शाखा कार्यालय

73

16

89

खराब कर्जा

1.58

0.34

 

प्रतिशेयर आम्दानी

25

11

 

दोस्रो बजारमा मूल्य

302

196

 

कस्ट अफ फण्ड

8.29

7.81