प्रदेश नम्बर १ का बैङ्कमा निक्षेपभन्दा ऋण बढी, व्यावसायिक क्षेत्र भएकाले ऋण बढी लगानी

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ साउन ६ गते १३:२७ | Jul 22, 2019
प्रदेश नम्बर १ का बैङ्कमा निक्षेपभन्दा ऋण बढी, व्यावसायिक क्षेत्र भएकाले ऋण बढी लगानी

Tata
GBIME
Nepal Life

विराटनगर।प्रदेशनम्बर १ का वाणिज्य बैङ्कको अध्ययन गर्दा निक्षेप भन्दा कर्जा बढी देखिएको छ।

नेपाल राष्ट्र बैङ्कको विराटनगर प्रदेश कार्यालयले गरेको अनुसन्धानमा प्रदेशका बैङ्कमा निक्षेप भन्दा कर्जाको रकम बढी देखिएको हो।आर्थिक वर्ष २०७५/७६ को पुस मसान्त सम्ममा प्रदेशमा ३ खर्ब २० अर्ब २७ करोड ऋण र कुलनिक्षेप २ खर्ब ५५ करोड छ।ऋणमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा १ खर्ब १७ अर्ब ९२ करोड र कृषि क्षेत्रमा २७ अर्ब ४५ करोड लगानी गरिएको छ।

निक्षेपतर्फ चल्तीखातामा १९ अर्ब ६९ करोड, वचतमा ९७ अर्ब ५५ करोड, मुद्दतीमा ५९ अर्ब ९३ करोड र अन्यखातामा २३ अर्ब ३७ करोड जम्मा गरिएको छ।प्रदेशमा आर्थिक कारोबार गरिने मुख्य जिल्लामा मोरङ, सुनसरी, झापा र इलाम पर्छन्। चारै वटा जिल्लामा औद्योगिक क्षेत्रमा ठूलो लगानी छ। जसमध्ये मोरङ र झापा जिल्लामा आयात व्यापार गर्नेको सङ्ख्या पनि उल्लेखनीय छ।

उद्योग व्यापार भएकाले निक्षेप भन्दाऋण बढी देखिएको अर्थशास्त्री सोमनाथ अधिकारी बताउँछन्।त्यस्तै यस प्रदेशमा आव २०७५/७६ को वैशाखमसान्तसम्ममा क, ख र ग वर्गका मात्र इजाजत प्राप्त बैङ्क तथावित्तीय संस्था ७ सय ५९ वटा खुलिसकेका छन्।प्रदेशका १ सय ३७ वटा स्थानीयतहमध्ये १ सय ३४ मा वाणिज्य बैङ्कको शाखा विस्तार भएको छ।

प्रति शाखा ५ हजार ९ सय ७५ जनालाई बैङ्किङ सेवापुगेको राष्ट्र बैङ्कले जनाएको छ।प्रदेशमा आव २०७५/०७६ सम्मको कुलगार्हस्थ उत्पादन (उत्पादनमूल्यमा) ५ खर्ब, ५ अर्ब ८४ करोड र प्रति व्यक्ति आय ९ सय ३४ अमेरिकी डलर रहेको अध्ययनले देखाएको छ।कुलगार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान सेवा क्षेत्रको ४४ दशमलव २ र त्यसपछि कृषि, वन तथा मत्स्यपालनको ३६ दशमलव ८ प्रतिशत छ।

त्यस्तै यहाँकाउद्योगले यहाँको कुलगार्हस्थ उत्पादनमा १९ प्रतिशत योगदान दिएको बैङ्कको निष्कर्ष छ ।आव २०७४/७५ को असार मसान्त सम्ममा ठूला तथा मझौला उद्योगको सङ्ख्या ६ सय ८८ छन्। यी उद्योगमा ७४ हजार ६ सय १२ जनशक्ति संलग्न छ। ठूला तथा मझौला उद्योगमा ३ खर्ब ७१ अर्ब ५६ करोडको लगानी गरिएको छ।

त्यस्तै साना, लघु तथा घरेलु उद्योगको सङ्ख्या ४ हजा १ सय ५० छ, जसमा ६ अर्ब २७ करोडको लगानी गरिएको छ। यी उद्योगमा १९ हजार ७ सय ५ जनशक्ति संलग्न छ ।मझौला तथा ठूला उद्योग सबैभन्दा बढी मोरङमा २ सय ५३ वटा, त्यसपछि सुनसरीमा १ सय ४१ र झापामा १ सय १९ वटा खुलेका छन्।घरेलु तथा साना उद्योग सबैभन्दा बढी झापामा १ हजार ६७ र सबैभन्दा कम सङ्खुवासभामा २३ वटा मात्र रहेको राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ ।