सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को सार्वजनिक निष्कासन साउन २३ देखि, कति इकाई किन्न पाइन्छ

बिजमाण्डू
२०७६ साउन ७ गते १०:५२ | Jul 23, 2019


काठमाडौं। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दुईले साउन २३ गतेदेखि सर्वसाधारणको लागि सार्वजनिक इकाई निष्कासन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

सिद्धार्थ म्युचुअल फण्डले सञ्चालन गरेको यो स्किमले प्रति इकाई १० रुपैयाँको दरमा १४ करोड इकाईमध्ये १५ प्रतिशत योजना व्यवस्थापकको लागि छुट्याएर बाँकी इकाई सर्वसाधारणको लागि छुट्याएको छ।

सर्वसाधारणले न्युनतम १०० इकाईदेखि अधिकतम एक करोड ४० लाख इकाईसम्मको लागि आवदेन दिन सक्ने छन्।

फण्डले सार्वजनिक निष्कासन छिटोमा साउन २७ गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा भदौ २० गतेसम्म निष्काशन गर्ने छन्।

योजना व्यवस्थापन सिद्धार्थ क्यापिटलको यो चौथो बन्दमुखी योजना हो। एउटा योजना सफल भैसकेको छ भने दुई वटा योजना सञ्चालन भैरहेका छन्। यो योजना इकाई बाँडफाट भएको १० वर्षसम्म सञ्चालन हुनेछ। विगत दुई वर्ष भन्दा लामो समयदेखि शेयर बजार लगातार घट्दा म्युचुअल फण्डले राम्रो नाफा गर्न सकेका छैनन्। कतिपय फण्डहरु घाटामा छन्।

पहिलो योजनाले औसतमा वार्षिक ४८.४६ प्रतिफल दिएको थियो। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दुईले पनि वार्षिक औसत लाभांश २५ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण गरेको छ। घट्दो बजारमा पनि नाफा बुक गरेर लाभांश बाड्न सक्ने गरी काम गरेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले बताए।

क्यापिटलले सञ्चालन तेस्रो योजना सञ्चालन हुँदा दोस्रो बजार १६ सय विन्दुमा थियो। त्यस यता शेयर बजार लगातार ओरालो लाग्ने क्रममा छन्।

यहि अवधिमा सञ्चालन भएको फण्डहरु घाटामा हुँदा न्याप भ्यालु ११.३१ रुपैयाँ छ। अवको दश वर्षको बजारमा शेयर बजारमा दुई वटा चक्र पुरा हुने र कम्पनीले राम्रो लाभांश दिन सक्ने गरी योजना व्यवस्थापन गर्ने तिमिल्सिनाले बताए।