लाभकर बिबाद चलिरहँदा शेयर बजार पाँच अंकले  बढ्यो, कृषि विकास बैंकमा लगानीकर्ता झुम्मिए

बिजमाण्डू
२०७६ साउन ७ गते १५:४० | Jul 23, 2019
लाभकर बिबाद चलिरहँदा शेयर बजार पाँच अंकले  बढ्यो, कृषि विकास बैंकमा लगानीकर्ता झुम्मिए

Tata
GBIME
Nepal Life

काठमाडौँ। लाभकर बिबादका बिच मंगलबार शेयर बजारमा बढोत्तरी देखिएको छ। सूचक र कारोबार रकम दुबै बढेको छ।

कारोबारको सुरुवातमा करिब आठ अंक बढेको भएपनि अन्तमा सूचक पाँच अंकको बृद्धिमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ५.९४ अंकले बढेर १२७७.१७ अंकमा उक्लिएको हो। कारोबार रकम ३६ करोड ८९ लाख रुपैयाँमा उक्लिएको छ। 

दिनभरीमा १६९ कम्पनीका १४ लाख ४४ हजार कित्ता शेयर ३६ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढि कृषि बिकास बैंकको चार करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भयो। कारोबार रकमकै आधारमा नेपाल बैक दोस्रो भएको छ। तीन करोड ३६ लाख रुपैयाँको शेयर कारोबार गर्दै नेपाल बैक दोस्रो भएको हो।

उपसूचक मिस्रित देखिएको छ। ११ समूहको कारोबारमा सात समूहको उपसूचक बढेको छ भने चार समूहको उपसूचक घटेको छ। सबैभन्दा बढि बीमा समूहमा १.९१ प्रतिशतले बढोत्तरी देखिएको छ। जलबिद्युत क्षेत्रमा ०.२३ प्रतिशतको गिरावट देखिएको छ। 

मंगलबार लघुबित्तका समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीमा पाँच कम्पनी लघुबित्तका परेका छन्। महिला सहयात्रा माइक्रो फाइनान्सको करिब आठ प्रतिशत मूल्य बढेको छ भने स्वदेशी लघुबित्तका शेयरधीले करिब आठ प्रतिशतनै कमाए।