संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई चुनिए, दिउँसो ४ बजे सपथ ग्रहण हुँदै

बिजमाण्डू
२०७६ साउन १५ गते १४:४९ | Jul 31, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। लामो समय मन्त्रीबिहीन पर्यटन मन्त्रालय नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले हाँक्ने भएका छन्।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा उनले दिउँसो ४ बजे सपथ ग्रहण गर्दैछन्।  

पार्टीका अन्य वरिष्ठ नेताहरुसँगको सल्लाहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटनमन्त्री बनाउने निर्णय गरेको बुझिएको छ।

गत फागुन मा तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

लामो समय रिक्त रहेको पदमा भट्टराईको नियुक्तीले सुस्त रहेको पर्यटन मन्त्रालयका गतिबिधि तथा पर्यटन वर्ष २०२० का लागि सकारात्मक प्रभाव पर्ने चर्चा चलेको छ।

ताप्लेजुङबाट निर्वाचित भट्टराई बिद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्।