सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन गर्यो, भक्तपुरमा स्वास्थ्य शिविर राखी डेढ सयको जाँच

बिजमाण्डू
२०७६ साउन २६ गते १७:०४ | Aug 11, 2019

काठमाडौं। सेञ्चुरी बैंकले भक्तपुरमा स्वास्थ्य शिविर संचालन गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घलाते चोक टोल सुधार समिति योयो बैंक्वेट तथा भक्तपुर हार्ट एण्ड डाइविटिज सेन्टरको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको जनाएको छ।

शिविरमा ज्येष्ठ नागरिक तथा अन्य उमेर समूहकाले बिभिन्न रोगको जाँच गराएका थिए। शिविरमा १ सय ५७ जनाले जाँच गराएको बैंकले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।