सनराइज बैंकले पोखराको बुढीबजारमा खोल्यो नयाँ शाखा, शाखा १२० पुग्यो

बिजमाण्डू
२०७६ साउन २८ गते ११:२४ | Aug 13, 2019
सनराइज बैंकले पोखराको बुढीबजारमा खोल्यो नयाँ शाखा, शाखा १२० पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं।सनराइज बैंकले पोखराको बुढीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ।यो बैंकको १२०औं शाखा हो।बैंकको शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरे।

यो शाखासँगै रहेको एटीएम समेत संचालनमा आएको छ।बैंकको ३८ शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउन्टर र १ सय ३८ वटा एटीएम काउन्टर छन्।बैंकका पाँच लाख भन्दा बढी ग्राहक छन्।