फर्स्ट माइक्रोफाइनान्स मर्जरका लागि तात्यो, मर्जर समिति गठन, नाफाबाट १७% बोनस शेयर घोषणा

बिजमाण्डू
२०७६ साउन २८ गते १५:०९ | Aug 13, 2019
फर्स्ट माइक्रोफाइनान्स मर्जरका लागि तात्यो, मर्जर समिति गठन, नाफाबाट १७% बोनस शेयर घोषणा


Tata
GBIME
Nepal Life

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सले मर्जरको लागि समिति बनाएको छ। सोमबार बसेको संचालक समिति बैठकले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने प्रयोजनका लागि विवेकमानसिंह शाक्यको संयोजकत्वमा मर्जर समिति गठन गरेको हो।

समितिमा उमेश कटुवाल, युवराज क्षेत्री सहित प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी सदस्य सचिव छन्।शाक्य र कटुवाल संस्थाको संचालक हुन्।नेपाल राष्ट्र बैंकले मर्जरका लागि वित्तीय संस्थाहरुलाई अनौपचारिक रुपमा दवाव दिन थालेपछि संस्थाहरु पछिल्लो समय जोडि खोज्ने क्रममा छन्। हकप्रद शेयर निष्काशन गर्ने माग गर्दै राष्ट्र बैंक पुग्ने माइक्रोफाइनान्सका प्रतिनिधिलाई राष्ट्र बैंकका अधिकारीहरु मर्जरमा जाने सुझाव दिदै आएका छन्।

संस्थाले गत आर्थिक वर्षको नाफा सहित जगेडा कोषबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। संस्थाको हालको चुक्ता पूँजी ६८ करोड ४३ लाख रुपैयाँ छ। बोनस शेयर वितरण सँगै संस्थाको चुक्ता पूँजी ७५ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

संस्थाले गत आर्थिक वर्ष १३ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ। संस्थाले थोक कर्जाको मात्रै कारोबार गर्दै आएको छ। बाणिज्य बैंकहरुबाट निक्षेप संकलन गर्दै अन्य लघुवित्तहरुलाई कर्जा प्रवाह गर्दै आएको छ। हाल थोक कर्जा कारोबार गर्ने जम्मा चार वटा माइक्रोफाइनान्स रहेका छन्।