अवकाश उमेर तोकिएपछि लक्ष्मी बैंकले अध्यक्ष बाहेककाको बोर्ड डाक्यो, एभरेष्टका बिके दिल्ली

बिजमाण्डू
२०७६ साउन २९ गते १०:२७ | Aug 14, 2019
अवकाश उमेर तोकिएपछि लक्ष्मी बैंकले अध्यक्ष बाहेककाको बोर्ड डाक्यो, एभरेष्टका बिके दिल्ली

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अवकाश उमेर तोकेपछि लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य पनि बाहिरिएका छन्।

बैंकले बुधबार उनीबाहेकको सञ्चालक समिति बैठक डाकेको छ। राष्ट्र बैंकले एक साताअघि सञ्चालकलाई ७० र वाहालवाला रहे ७४ बर्षसम्म पदमा रहन पाउने ब्यवस्था गरेको थियो। आचार्य ७४ बर्ष नाघिसकेका छन्।

सात सदस्यीय सञ्चालक समिति हुने भएपनि बैंकमा आचार्यसहित पाँच जना मात्र छन्। आचार्य बाहिरिएपछि बुधबार ४ जना सञ्चालकको बैठक हुने छ। अन्य सञ्चालकमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, दिनेश पौडेल, सर्वसाधारणबाट स्वाति रुङ्गटा, विश्वकरण जैन छन्।

यसैबीच मंगलबार प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले सर्बोच्चबाट पदमा फर्किन अन्तरिम आदेश पाएका छन्। यो आदेश ब्यक्तिगत हो या सबैलाई लागू हुन्छ भन्ने अन्यौल कायम छ। त्यसैले उमेर हदका कारण अवकाश भएकाहरु अदालत गएर आदेश ल्याउने संभावना बलियो छ।

एभरेष्ट बैंकका बिके श्रेष्ठ र नबिल बैंकका शम्भु पौडेल पनि अवकाश भइसकेका छन्। एभरेष्टका अध्यक्ष श्रेष्ठ दिल्लीमा छन्। बैंक स्रोतले राष्ट्र बैंकको निर्णयलाई आत्मसाथ गर्ने जनाएको छ। पौडेलले पनि राष्ट्र बैंकको निर्णयको सम्मान गर्ने जानकारी दिएका छन्।