स्प्रेड बढाएर नाफा सुधार गरे मेगा, सनराइज र एनसिसी बैंकले, प्रतिशेयर आम्दानी २० रुपैयाँमाथि 

बिजमाण्डू
२०७६ साउन २९ गते १२:०२ | Aug 14, 2019
स्प्रेड बढाएर नाफा सुधार गरे मेगा, सनराइज र एनसिसी बैंकले, प्रतिशेयर आम्दानी २० रुपैयाँमाथि 


काठमाडौं। मेगा बैंक, सनराइज बैंक र एनसिसी बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ना बढाएका छन्। मेगाले ३०.५० प्रतिशत, सनराइजले १५.५७ प्रतिशत र एनसिसीले १३.८१ प्रतिशतले नाफा बढाएका हुन्। 

Tata
GBIME
Nepal Life

तीन वटै बैंकले स्प्रेडदर बढाएर नाफा बृद्धि गरेका हुन्।

मेगा बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको थियो। 

खुद व्याज आम्दानी दुई अर्ब ३७ करोड रुपैयाँबाट तीन अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ। व्याज आम्दानी मात्रै ९ अर्ब ३७ करोड रुपैयाँ छ। एक वर्षको अवधिमा बैंकले ७८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब ९८ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

चुक्ता पूँजी १० अर्ब ३८ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ८४ करोड रुपैयाँ छ। पूँजीकोष अनुपात १५.४८ प्रतिशत छ। खराव कर्जा ०.८२ प्रतिशतबाट केहि प्रतिशत विन्दुले बढेर ०.८६ प्रतिशत विन्दु पुगेको छ। 

आधार व्याजदर दोहोरो अंकबाट एक अंक ९.९८ प्रतिशतमा झार्न सफल भएको छ। नेपाल राष्ट्र बैंकले स्प्रेडदर ४.५ प्रतिशत भन्दा माथि हुन नहुने निर्देशन दिए पनि बैंकले ४.३३ प्रतिशतको स्प्रेडदर ४.७३ प्रतिशतमा पुर्याएको छ। प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट १६ रुपैयाँमा झरेको छ। 

सनराइज बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा एक अर्ब ४७ करोड रुपैयाँ थियो। बैंकले खुद व्याज आम्दानी तीन अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी दुई अर्ब ८७ करोड रुपैयाँ थियो। 

सर्वसाधारणबाट ७५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६८ अर्ब ८७ करोड रुपैयाँ रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्षमा ६७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरि ५९ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडामा दुई अर्ब ५८ करोड रुपैयाँ जम्मा गरेको छ। खराव कर्जा १.२४ प्रतिशतबाट १.०३ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी दुई रुपैयाँले सुधार भएर २० रुपैयाँ पुगेको छ। 

एनसिसी बैंकले गत आर्थिक वर्षमा एक अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा एक अर्ब ३४ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी एक अर्ब ६१ करोड रुपैयाँबाट बढेर तीन अर्ब ८ करोड रुपैयाँ पुगेको छ। 

निक्षेप संकलन ६७ अर्ब ०३ करोड रुपैयाँ गर्दै ६१ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्षमा ५७ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको थियो। चुक्ता पूँजी ७ अर्ब एक करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ। 

पूँजीकोष अनुपात ११.१८ प्रतिशतबाट १४.०४ प्रतिशतमा पुगेको हो। खराव कर्जा ३.८७ प्रतिशतबाट २.७८ प्रतिशतमा झरेको छ। आधार व्याजदर १०.२३ प्रतिशत छ भने स्प्रेडदर ४.१२ प्रतिशतबाट बढेर ४.७० प्रतिशतमा पुगेको छ। प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ।