ऋण लगानीमा बैंकहरु फेरि आक्रामक देखिए: २१ अर्बले निक्षेप घटिसक्यो तर ऋण बिस्तार कायमै

बिजमाण्डू
२०७६ साउन २९ गते १५:४१ | Aug 14, 2019


काठमाडौं। बैंकहरु फेरि आक्रमक लगानीतर्फ लागेका छन्। साउनयता मात्रै निक्षेप २१ अर्बले घटेको छ। तर बैंकहरुले ऋण घटाउनुको साटो २ अर्बले बृद्धि गरेका छन्।

Tata
GBIME
Nepal Life

असार मसान्तमा बैंकहरुसँग २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो। साउन २४ गतेसम्म आउँदा निक्षेप घटेर २८ खर्ब ५८ अर्बमा खुम्चिसकेको छ। जबकी ऋण भने २४ खर्ब ९८ अर्ब रुपैयाँबाट बढैर २५ खर्ब पुगेको छ।

साउनलाई मात्रै हेर्ने हो भने गत साता बैंकहरुको निक्षेप १ अर्बले घटेको छ। तर ऋण लगानी भने १२ अर्ब रुपैयाँले बढेको छ। यसमा २ अर्ब विदेशी मुद्राको ऋण हो। बिदेशी मुद्राको निक्षेप भने १०९ अर्बमै स्थिर छ।

'अहिलेको लगानी प्रबृत्ति हेर्दा बैंकहरु फेरि ऋण बिस्तारमा प्रोत्साहित भए कि भन्ने देखिन्छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजमाण्डूसँग भने, 'अब बिस्तारै तरलता टाइट हुँदै जान्छ।'

मिति (रु. अर्बमा) निक्षेप  ऋण
32/03/2075 2469.8 2110.76
31/06/2075 2522.55 2245.59
30/09/2075 2656.364 2368.4
29/12/2075 2703.31 2420.06
31/03/2076 2878.22 2497.93
03/04/2076 2864.73 2484.88
10/04/2076 2862.2 2482.3
17/04/2076 2859.3 2487.88
24/04/2076 2857.57 2499.48

अहिले बैंकिङ प्रणालीमा करिव ५० अर्ब रुपैयाँ अधिक तरलता छ। २० अर्ब रुपैयाँ त राष्ट्र बैंकले नै खिंचेर राखेको छ। तरलता बढेका कारणले अन्तर बैंक सापटी दर १ प्रतिशतभन्दा तल आएको छ। 

बैंकहरुले अहिले रणनीतिक हिसाबले पनि ऋण बढाएका हुन्। काउन्टर साइक्लिकल बफरको ब्यवस्थामा राष्ट्र बैंकले केही लचकता अपनाउने संकेत गरेपछि बैंकहरुले ऋण बिस्तारलाई निरन्तरता दिएका हुन्।