श्रम समस्या आएमा उद्योग बन्द नगर्ने सहमति, वैदेशिक श्रम स्वीकृतिका लागि छुट्टै कार्यालयको माग

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ साउन ३१ गते १५:१३ | Aug 16, 2019
श्रम समस्या आएमा उद्योग बन्द नगर्ने सहमति, वैदेशिक श्रम स्वीकृतिका लागि छुट्टै कार्यालयको माग

Tata
GBIME
Nepal Life

विराटनगर।सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा श्रम समस्या आएमा उद्योग–व्यवसाय बन्द नगरी वार्ताका माध्यमबाट समाधान गर्ने निर्णयमा मोरङका उद्योगी र ट्रेड युनियनकर्मी पुगेका छन्।

उद्योग सङ्गठन मोरङको पहलमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधिसँग भएको ‘सुमधुर औद्योगिक सम्बन्ध विकासका सम्बन्धमा आयोजित छलफल’मा दुबै पक्ष उद्योग–व्यवसाय बन्द नगर्ने सहमतिमा पुगेका हुन्।‘विवादका कारण उद्योग–व्यवसाय बन्द गर्दा उद्योगीलाई मात्र नभई श्रमिक र आश्रित परिवारलाई समेत असर पर्छ’, उद्योग सङ्गठनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले आगामी दिनमा यस क्षेत्रका उद्योग–व्यवसायमा श्रम समस्या आएमा उद्योग–व्यवसाय बन्द नगरी सङ्गठन र ट्रेड युनियनदुवै पक्षले वार्ताका माध्यमबाट समाधान गर्ने निर्णय गरिएको हो।’

छलफलमा वैदेशिक श्रम स्वीकृति र देशभित्रका श्रमिकका लागि छुट्टाछुट्टै कार्यालयको स्थापना गर्न उद्योगी र ट्रेड युनियनकर्मीले संयुक्त आग्रह गरे।विराटनगरमा दुबै कार्य एउटै श्रम तथा रोजगार कार्यालयले गरिरहेको हुँदा कठिनाइ भइरहेको भन्दै उद्योगी र ट्रेड युनियनकर्मीले छुट्टाछुट्टै कार्यालयका लागि माग गरेका हुन्।

वैदेशिक श्रम स्वीकृति र देशभित्रको श्रम तथा रोजगारका समस्याको व्यवस्थापन एउटै कार्यालयको एउटै शाखाबाट भइरहेको हुँदा सेवाग्राहीले कठिनाइ भोग्नु परेको सवाल बैठकमा उठेको थियो।त्यसैले श्रम स्वीकृति शाखा र श्रम शाखाको छुट्टा–छुट्टै कार्यालयको स्थापना गराउन दुबै पक्षले भूमिका गर्ने उद्योग सङ्गठनले जनाएको छ।

बैठकमा उद्योग÷व्यवसायीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई लागु गर्दै लैजाने निर्णय गरिएको जनाइएको छ । साथै सबै उद्योग प्रतिष्ठानलाई पञ्जीकरण गर्न र सबै श्रमिकलाई पनिपञ्जीकरण गर्न जानकारी गराउने निर्णय गरिएको छ ।कार्यक्रममा सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–व्यवसायका व्यवस्थापक र श्रमिकबीचको सुमधुर समन्वयले मात्र उद्योगको उत्पादकत्व अभिवृद्धि हुने भएकाले दुवै पक्षले आ–आफ्ना समस्या निरन्तर छलफलमा ल्याई समाधानका उपाय खोज्नु पर्ने धारणा राखे।

उनलेदेशकाअन्यऔद्योगिककरिडोरको तुलनामा सुनसरी–मोरङ करिडोरमा श्रम समस्याकम देखिने गरेको जिकिर गरे।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, प्रदेश नं.१ का अध्यक्षकिशोर धमलाले उद्योगी–व्यवसायी र ट्रेड युनियनहरूले  आपसी समन्वय र सहकार्य गर्दै श्रम ऐन, सामाजिक सुरक्षा ऐन र उपदान भुक्तानीको कार्यविधि बनाई क्रमिक रुपमा कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए।

श्रमिक र व्यवस्थापकबीचको सम्वन्ध सुदृढ भएमात्र उत्पादकत्व अभिवृद्धि हुने भएकाले दुवै पक्षको आपसी समझदारी हुनुपर्ने उनको धारणा थियो।कार्यक्रममा उद्योग सङ्गठन पूर्व अध्यक्ष सुशील धनावत, वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यकारिणी सदस्य सुबोध कोइराला, विपिन काबरा, नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं. १ का अध्यक्ष नारायणबाबु कार्की, नेपाल समाजवादी ट्रेड युनियनका केन्द्रीयउपाध्यक्ष तेजलाल कर्ण लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो।