निजी विमान कम्पनीबीच जहाज थप्ने प्रतिस्पर्धा, वुद्धले दुई वटा एटिआर ल्याउँदै, शनिबार आइपुग्ने

बिजमाण्डू
२०७६ भदौ १ गते १२:५७ | Aug 18, 2019
निजी विमान कम्पनीबीच जहाज थप्ने प्रतिस्पर्धा, वुद्धले दुई वटा एटिआर ल्याउँदै, शनिबार आइपुग्ने


Tata
GBIME
Nepal Life

काठमाडौं।निजी वायुसेवा कम्पनी वुद्ध एयर थप दुई वटा जहाज ल्याउने भएको छ।कम्पनीका अनुसार शनिबारसम्म एउटा जहाज काठमाडौं आइसक्नेछ।

एटिआर-७२ जहाज शनिबार काठमाडौं आइपुग्ने कम्पनीका बजार प्रमुख रुपेश जोशीले जानकारी दिए।उनका अनुसार सेप्टेम्बरको पहिलो साता अर्को एटिआर-७२ आउनेछ।निजी विमान कम्पनीबीच अहिले जहाज थप्ने प्रतिस्पर्धा सुरु भएको छ।अढाई वर्षअघि फिक्सविङ उडान सुरु गरेको श्री एयरलाइन्सको टर्बोप्रोब आइतबार काठमाडौंमा अवतरण गर्दैछ भने यतिले समेत एटिआर जहाज ल्याउँदैछ।

वुद्धले पछिल्लो समयमा अन्तर्राष्ट्रिय उडान पनि थप्दै गएकाले जहाज थप गरेको हो।अहिले वुद्धले कोलकोत्ता र वनारशमा उडान गरिरहेको छ।जोशीले भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै जहाज थपेको बताए।कम्पनीसँग हाल दुईवटा १९ सिटे विचक्राफ्ट १९०० डी, तीनवटा ४७ सिटे एटिआर-४२-३२० र सात वटा ७२ सिटे एटिआर-७२-५०० मोडलका जहाज हरु संचालित छन्। कम्पनीले दुईवटा एटिआर-७२-५०० जहाज थपेपछि जहाज संख्या १४ वटा पुग्नेछ।

कम्पनीले आन्तरिकतर्फ विराटनगर, भरतपुर, भद्रपुर, भैरहवा, पोखरा, नेपालगञ्ज धनगढी,सुर्खेत, जनकपुर, सिमरा, तुम्लिङटार लगायत गन्तब्यमा उडान गर्दै आएको छ।अर्को वर्षदेखि मुलुकका विकट गन्तब्यमा नियमित उडानका गर्ने कम्पनीले जनाएको छ।