सोमर्स्वीको ‘सिङ विथ सुशान्त’ काठमाडौंमा, सांगीतिक माहौलमा झुमे युवा, चाँडै मोफसल जाने

बिजमाण्डू
२०७६ भदौ २ गते १२:०८ | Aug 19, 2019
सोमर्स्वीको ‘सिङ विथ सुशान्त’ काठमाडौंमा, सांगीतिक माहौलमा झुमे युवा, चाँडै मोफसल जाने

Tata
GBIME
Nepal Life

काठमाडौं। सोमर्स्वीले फ्रेन्डसिप महिना अन्तर्गत काठमाडौंमा सांगीतिक कार्यक्रम गरेको छ।

ब्राण्ड एम्बेसडर  सुशान्त केसीसँगको सहकार्यमा सोमर्स्वीले अगस्ट महिनाभर सिङ विथ सुशान्त आयोजना गरिरहेको छ।  यसै अन्तर्गत काठमाडौंमा कार्यक्रम लाइभ सांगीतिक प्रस्तुती दिएको कम्पनीले जनाएको छ।

काठमाडौंमा भएको कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर रोजन अमात्यले बताए।

अगस्ट महिनाभर देशका बिभिन्न स्थानमा यो कार्यक्रम हु्ने पनि उनले जानकारी दिए।

चाँडै नै धरान, बुटवल, पोखरा र नारायणगढ लगायतका शहरमा पनि सुशान्तले गीत गाउने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।