सिप्रदी क्यासलेस इन्स्योरेन्सलाई बढावा दिँदै, एनएलजी,प्रिमियर र ओरियन्टलसँग सम्झौंता

बिजमाण्डू
२०७६ भदौ २ गते २२:११ | Aug 19, 2019
सिप्रदी क्यासलेस इन्स्योरेन्सलाई बढावा दिँदै, एनएलजी,प्रिमियर र ओरियन्टलसँग सम्झौंता


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङले तीन बीमा कम्पनीसँग क्यासलेश इन्स्योरेन्स सम्वन्धी सम्झौंता गरेको छ।

कम्पनीले एनएलजी इन्स्योरेन्स,प्रिमियर इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्ससँग सम्झौंता गरेको हो। सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एमडी नायरले सम्झौतापत्रमा हस्ताक्षर गरे।यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो।

यो योजनाका मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।सिप्रदीले आफ्ना ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक साबित हुने विश्वास लिएको जनाएको छ।