अजेय सुमार्गीको हेलो नेपालको अनुमतिपत्र खारेज, प्रचण्ड प्रधानमन्त्री हुँदा पाएका थिए अनुमति

बिजमाण्डू
२०७६ भदौ २ गते २२:२३ | Aug 19, 2019
अजेय सुमार्गीको हेलो नेपालको अनुमतिपत्र खारेज, प्रचण्ड प्रधानमन्त्री हुँदा पाएका थिए अनुमति


Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा व्यापारी अजेय  सुमार्गीले आफ्नो लगानी देखाउँदै ‘हेलो ब्राण्ड’मा नेपाल स्याटेलाइट कम्पनी स्थापना गरेका थिए।हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

“हामीले भदौ १ गतेसम्म प्राधिकरणलाई पहिलो किस्तामा सात करोड बक्यौता रकम बुझाउन भनेको थियौँ”, उनले भने, “तर उक्त अवधिमा हेलो नेपालले पहिलो किस्ताको रकम नबुझाएपछि अनुमति पत्र खारेज गरेका हौँ।” उनका अनुसार प्राधिकरणलाई हेलो नेपालले करीब ७९ करोड ९२ लाख रुपैयाँ बुझाउन बाँकी छ। प्राधिकरणको गत साउन १७ गतेको बोर्ड बैठकले हेलो नेपाललाई भदौ १ गतेसम्म रु सात करोड र त्यसपछि तीन महिनाभित्र बक्यौता सबै रकम बुझाउन निर्देशन दिएको थियो।

हेलो नेपालले प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णयमा चित्त नबुझेमा दूरसञ्चार ऐन बमोजिम ३५ दिनभित्र उजुरी दिन सक्ने छ। त्यसरी परेको उजुरीमा सरकारबाट भएका निर्णय नै अन्तिम हुने व्यवस्था छ। हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिँदै आएको थियो।राससको सहयोगमा