यातायात व्यवस्था विभागमा गोगन हमाल, महासेठका पालामा पाँचौ महानिर्देशक हमाल कति टिक्लान्?

बिजमाण्डू
२०७६ भदौ २ गते २२:४२ | Aug 19, 2019
यातायात व्यवस्था विभागमा गोगन हमाल, महासेठका पालामा पाँचौ महानिर्देशक हमाल कति टिक्लान्?


Tata
GBIME
Nepal Life

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले गोगनबहादुर हमाललाई यातायात व्यवस्था विभागको महानिर्देशकमा नियुक्त गरेको छ।सोमबारनै मन्त्रालयले हमाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

हमाल यातायात व्यवस्था विभागमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत थिए। उनले करिव एक बर्ष पहिले प्रशासनतर्फबाट सहसचिवमा नाम निकालेका थिए।सहसचिव भएपछि सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय पुगेका थिए।

महानिर्देशक बनाउनकै लागि केही समय अघि मात्रै उनलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको थियो। मन्त्रालयकै अर्का सहसचिव राजेश्वर ज्ञवालीलाई समेत महानिर्देशक बनाउने चर्चा थियो। मन्त्रालयले हमाललाई ३१ औ महानिर्देशकका रुपमा यातायात भित्र्याईएको छ।

तत्कालिन महानिर्देशक कुमारप्रसाद दहाल र मन्त्री रघुवीर महासेठसँग नयाँ वसपार्कको जग्गाको विषयमा लफडा भएको थियो। बसपार्कको व्यवस्थापन गर्दै आएको ल्होत्से बहुउदेश्यीय संस्थाले व्यापारिक भवन बनाएको बारेमा अध्ययन थालेपछि मन्त्री महासेठले दहालको सरुवा गरेको स्रोतले बतायो। मन्त्री महासेठले विभागका महानिर्देशक रुपनारायण भट्टराईको सरुवा गरेका थिए।

यातायात सिन्डिकेट हटाएका उनलाई पुरस्कृत गर्नुको साटो सरुवा गरिएको थियो। भट्टराई हटाएपछि कामु महानिर्देशकका रुपमा प्रेम सिंहलाई केही महिना जिम्मेवारी दिईयो। त्यसपछि लावण्य कुमार ढकाल आए उनीलाई पनि केही महिनामै सरुवा गरियो। त्यसपछि आएका दहाललाई तीन महिनामै सरुवा भएर अहिले हमाल आएका छन्।मन्त्रालयका अधिकारीका अनुसार महासेठसँग समन्वय गर्न नसके हमालले पनि धेरै समय विभागको बागडोर सम्हाल्न पाउने छैनन्।