एसियनको नयाँ पेन्ट्स: ‘जसले ब्याक्टेरिया मार्छ, दुर्गन्ध सोसेर हावा शुद्ध गर्छ’

बिजमाण्डू
२०७६ भदौ ४ गते २१:२७ | Aug 21, 2019
एसियनको नयाँ पेन्ट्स: ‘जसले ब्याक्टेरिया मार्छ, दुर्गन्ध सोसेर हावा शुद्ध गर्छ’


Tata
GBIME
Nepal Life

काठमाडौं। एसियन पेन्ट्सले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स बजारमा ल्याएको छ।ग्राहकको स्वास्थ्यलाई ख्याल राख्दै यो पेन्ट्स बजारमा ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो पेन्ट्सले किटाणु मार्ने र घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावा शुद्ध गर्छ।कम्पनीले पेन्ट्सले फूलको बास्ना उत्सर्जित गर्ने दाबी गरेको छ।कम्पनीले उत्पादनमा सिल्भर आयन प्रविधि रहेको जनाउँदै ९९ प्रतिशत संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई मार्ने दाबी गरेको छ।पेन्ट्समा रहेको फर्माल्डिहाइड एवेटमेन्टको माध्यमबाट हावालाई शुद्ध पार्ने कम्पनीले जनाएको छ।