धितोपत्र बोर्डको अध्यक्ष बनाउने गरी विज्ञ सदस्यमा भीष्मराज ढुङ्गाना, राष्ट्रपतिको रोजाइ

बिजमाण्डू
२०७६ भदौ ५ गते ११:२६ | Aug 22, 2019
धितोपत्र बोर्डको अध्यक्ष बनाउने गरी विज्ञ सदस्यमा भीष्मराज ढुङ्गाना, राष्ट्रपतिको रोजाइ

Tata
GBIME
Nepal Life

काठमाडौं। धितोपत्र बोर्डको आगामी अध्यक्ष बनाउने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले भीष्मराज ढुङ्गानालाई विज्ञ सदस्यमा नियुक्त गरेका छन्।

बोर्डको विज्ञ सदस्य गत चैतदेखि खाली थियो। निलबहदुर सारु मगर अवकाश भएको ६ महिनापछि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुङ्गाना नियुक्त भएका हुन्।

बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीको कार्यकाल आगामी कात्तिक १ गतेबाट सकिँदैछ। उनको ठाउँमा ढुङ्गानालाई नियुक्त गर्ने गरी विज्ञ सदस्य बनाइएको हो। ढुङ्गाना राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समिति सदस्य पनि थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने ढुङ्गाना उनकै सीफारिसमा विज्ञ सदस्य नियुक्त भएका हुन्। ढुङ्गाना राष्ट्रपतिका तर्फबाट राष्ट्र बैंक गभर्नरका उमेद्वारसमेत रहेको बताइन्छ। राष्ट्र बैंक गभर्नरको कार्यकाल चैतमा सकिँदैछ।

ढुङ्गानाले लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका थिए। उनी तीन महिनाअघि राष्ट्र बैंकबाट अवकाश भएका थिए।