‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ मा आवेदन दिने बिहीबार अन्तिम, १ अर्ब १९ करोडको पर्यो 

बिजमाण्डू
२०७६ भदौ ५ गते १२:३७ | Aug 22, 2019
‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ मा आवेदन दिने बिहीबार अन्तिम, १ अर्ब १९ करोडको पर्यो 

Tata
GBIME
Nepal Life

काठमाडौँ। सिद्धार्थ क्यापिटलले निष्कासन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ मा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ। 

बिहीबार कार्यालय समयसम्म आवेदन गरिसक्नु पर्ने बिक्री प्रबन्धकले जनाएको छ। क्यापिटलले गत साउन २३ देखि एक अर्व ४० करोड रुपैयाँ बारबारको इकाई निष्कासन गरेको थियो। जसमा बीज पूँजी २१ करोड रुपैयाँ सहित एक अर्व १९ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको कायपिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले बताए। 

न्यूनतम १०० इकाईदेखि एक करोड इकाईसम्म सर्वसाधारणले आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ। 

प्रति इकाई १० रुपैयाँका दरले आवेदन गर्न सकिने तिमिल्सिनाले जानकारी दिए। सर्वसाधारणले सी-आस्वा सेवा प्राप्त बैंक वित्तीय संस्था तथा लगानीकर्ताले मेरो शेयर अनलाइन सेवामार्फत घरैबाट समेत आवेदन गर्न सक्ने छन्।