राष्ट्रिय बाणिज्य बैंकले ब्रोकर कम्पनी खोल्ने, बजार निर्माताको काम गर्ने, विशेष एजिएमबाट पारित

बिजमाण्डू
२०७६ भदौ ५ गते १६:५७ | Aug 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले पनि धितोपत्र दलाल, धितपत्र ब्यापारी तथा बजार निर्माताको काम गर्न सहायक कम्पनी खोल्ने भएको छ।

बैंकले विशेष साधारणसभा डाकेर सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेकोछ । बैंकका अध्यक्ष महेन्द्रमान गुरुङ्गले सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने बताए।

साधारणसभामा महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले बलेका थिए। 

बैंकको ७७ बटै जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ। गत बर्ष बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकले  ५ अर्ब ३२ करोड रुपैयाँ मुनाफा कमाएको छ।