काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ।
खाता एक हजार रुपैयाँमा खोल्न सकिन्छ भने बार्षिक ब्याज साढे ६ प्रतिशत पाइने छ। बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ।
खाता खोल्नेले सात लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र एक लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउने छ।
बैंकले लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ।
बैंकले निस्शुल्क एसएमएस्, मोबाइल र ई बैंकिङ्ग, अन्तर शाखा कारोबार सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा दिने जनाएको छ। बैंकले सरल कर्जा प्रवाहा गरिदिने पनि जनाएको छ।