शेयर बजार:नेप्सेको तथ्यांकले भन्छ-‘१ खर्ब २ अर्बको कारोबार राजधानी सेरोफेरोमै’

बिजमाण्डू
२०७६ भदौ ५ गते १८:०० | Aug 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ।अनलाइन कारोबार सुरु भएपनि शेयर कारोबार राजधानी केन्द्रित रहेको पाइएको छ। गतवर्षको कारोबारलाई हेर्दा काठमाडौं,भक्तपुर,ललितपुर,वनेपा र चितवननै केन्द्रित छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार गत वर्षभरि १ खर्ब १० करोड बराबरको शेयर कारोबार भएको छ।यो मध्ये सबैभन्दा बढी प्रदेश-३मा  १ खर्ब २ अर्ब रुपैयाँको शेयर कारोबार भयो।यो तथ्यांकले प्रदेश-३मा ९४ प्रतिशत शेयर कारोबार भएको छ।बाँकी रहेको ६ प्रतिशत अन्य प्रदेशमा शेयर कारोबार भएको छ।

गाउँसम्म ब्रोकर पुग्न नसकेकोर प्रर्याप्त जनचेतना जगाउन नसकेका कारण प्रदेश तीनको होल्ड बढी देखिएको हो।गाउँसम्म शेयर कारोबार पुर्याउन नसके मुलुकलाई आर्थिक विकासको बाटोमा जोड्न कठिन छ।तर गाउँसम्म पुग्ने माध्यमलाई संसदलेनै रोक्ने काम गरेकोले समेत कारोबार बढ्न अझै केही वर्ष लाग्ने देखिन्छ।कारोबार बढाउन ब्रोकर गाउँसम्म पुग्नुपर्छ।

तर संसदीय समितिलेनै बैंकलाई ब्रोकर लाइसेन्स दिनबाटै रोक्ने काम गरेकोले तत्कालै मोफसलमा शेयर कारोबार बढ्न नसक्ने एक लगानीकर्ताले बताए।‘दूरराजमा थन्किएका पैसालाई वाहिर ल्याउन गाउँसम्म शेयर कारोबार पुर्याउन आवश्यक छ’ती लगानीकर्ताले भने,’तर सांसदलेनै शेयर गाउँसम्म पुग्न रोकिरहेका छन्।’

प्रदेश तीन पछि क्रमश: प्रदेश ४ र १मा बढी शेयर कारोबार भएको छ। विराटनगर र पोखरा शेयर कारोबार बढी हुने भएकाले ती दुई प्रदेशको होल्ड बढेको हो। नेप्सेका अनुसार प्रदेश-४ मा २.६५ प्रतिशत र प्रदेश-१ मा २.५९ प्रतिशत कारोबार भयो।

प्रदेशस्तरीय कारोबार विवरण २०७५/७६

प्रदेश

खरिद (रु.)

हिस्सा (%)

बिक्री (रु.)

हिस्सा (%)

प्रदेश १

2929124445.90

2.66

2846886333.14

2.59

प्रदेश २

566314544.36

0.51

607811824.90

0.55

प्रदेश ३

102022932533.65

92.70

102557612811.44

93.19

गण्डकी प्रदेश

3204830464.56

2.91

2914336227.37

2.65

प्रदेश ५

1103190676.61

1.00

945232787.24

0.86

कर्णाली प्रदेश

206946.00

0.00

37127.00

0.00

सुदूरपश्चिम प्रदेश

227848399.08

0.21

182530899.05

0.17

जम्मा

110054448010.16

100.00

110054448010.14

100.00

गतबर्ष समग्र कारोबारमा प्रदेश १,४ ,५,६ र ७ का लगानीकर्ताले दोस्रो बजारबाट शेयर खरिदलाई प्राथमिकता दिए। प्रदेश २ र ३ का लगानीकर्ताले शेयर बिक्री बढी गरेका छन्।  

प्रदेश १,४ ,५,६ र ७ का लगानीकर्ताले किनेको शेयरको मात्रा थोरै देखिएपनि खरिदलाई प्रथमिकता दिएका छन्। एक खर्ब १० अर्ब रुपैयाँको कारोबारमा प्रदेश ३ पछि बढि शेयर खरिद गर्ने प्रदेश ४ परेको छ।

प्रदेश चारमा समग्र कारोबारमा २.९१ प्रतिशत शेयर खरिद भएको छ। प्रदेश ४ पछि प्रदेश एकका लगानीकर्ताले २.९१ प्रतिशत शेयर खरिद गरेका छन्।अघिल्लो बर्ष कारोबारनै नगरेको कर्णाली प्रदेशमा कारोबार सुरु भएको छ। प्रदेश ६ र ७ ले पनि शेयर खरिदलाइनै प्राथमिकतामा राखेका छन्।

प्रदेशस्तरीय कारोबार विवरण २०७४/७५

प्रदेश

खरिद विवरण

हिस्सा (%)

बिक्री विवरण

हिस्सा (%)

प्रदेश १

4189240151.43

3.45

3369651596.08

2.78

प्रदेश २

745567847.23

0.61

736643601.35

0.61

प्रदेश ३

111382561853.81

91.82

113353897886.83

93.45

गण्डकी प्रदेश

3258573720.31

2.69

2837270474.69

2.34

प्रदेश ५

1456244253.64

1.20

821998853.68

0.68

कर्णाली प्रदेश

 

0.00

 

0.00

सुदूरपश्चिम प्रदेश

267440266.16

0.22

180165679.95

0.15

जम्मा

121299628092.58

100

121299628092.58

100

आर्थिक बर्ष २०७५/७६
अघिल्लो बर्ष पनि मोफसलका लगानीकर्ताले शेयर बिक्री भन्दा खरिदलाइनै प्राथमिकता दिएका थिए।गत बर्षझै समग्र कारोबारमा प्रदेश १,४ ,५ र ७ का लगानीकर्ताले खरिदलाई प्राथमिकता दिएका हुन्। अघिल्लो बर्ष भएको एक खर्ब २१ अर्ब रुपैयाँको कारोबारमा प्रदेश एकका लगानीकर्ताले ३.४५ प्रतिशत शेयर किनेका थिए भने प्रदेश ४ का लगानीकर्ताले २.६८ प्रतिशतले किनेका थिए।त्यो बर्ष प्रदेश ५ र ७ का लगानीकर्ताले समेत खरिदलाईनै प्राथमिकतामा राखेका थिए।बजार घटेको मौका छोप्दै अघिल्लो बर्ष मोफसलका लगानीकर्ताले शेयर खरिद गरे। राजधानी र त्यसकै आसपासका शहरमा भने शेयर बिक्रीको चाप रहेको तथ्याङ्कमा देखिन्छ।