बजाज दशैंतिहार योजना: मोटरसाइकल किन्नु अघि र बेच्नु अघि दुई पटक ‘सियोर सट डिस्काउन्ट’

बिजमाण्डू
२०७६ भदौ ५ गते १८:२० | Aug 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं।दशैंतिहारलाई लक्षित गर्दै बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द कम्पनीले बजाज भविष्यवाणी सार्वजनिक गरेको छ।

यो योजना अनुसार ग्राहकले मोटरसाइकल किन्नु अघि र किनेपछि कति रकम जितिन्छ भन्ने पहिलानै जानकारी पाइने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार बाइक किन्नु अघि स्क्रयाच कार्ड प्राप्त गर्ने र एक लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन पाउन सक्नेछन्।

वाइक किनेपछि पाउने स्क्रयाच कार्डमार्फत एक लाखसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकले मोटरसाइकल खरीद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउने जानकारी दिए।