टाटा एच फाइभ नाडा अटो शोमा सार्वजनिक हुने, २५ हजार रुपैयाँमा बुकिङ गर्न मिल्ने

बिजमाण्डू
२०७६ भदौ ५ गते १८:३२ | Aug 22, 2019
टाटा एच फाइभ नाडा अटो शोमा सार्वजनिक हुने, २५ हजार रुपैयाँमा बुकिङ गर्न मिल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं।प्रिमियम एसयूभी टाटा एच फाइभको विहिबारदेखि बुकिङ खुल्ला भएको छ। नेपालका लागि टाटाको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भदौं १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपमा यो गाडी सार्वजनिक गर्दैछ।

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँजम्मा गराउनुपर्ने कम्पनीले जनाएको छ।कम्पनीले ग्राहकलाई गाडी मन नपरेमा १२० प्रतिशत  बुकिङ रिफन्ड गर्ने जनाएको छ। क्रियोटेक २.०लिटर टर्बो डिजेल इन्जिन भएको यो गाडी भारतमा चर्चित छ। एचफाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।