नेपाल टेलिकमको मिस्ड कल अलर्ट सुविधा, मोबाइल बन्द हुँदा गरेको कल डिटेल आउने




काठमाडौं।नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत कल आएको बारेमा जानकारी लिन सकिने सुविधा ल्याएको छ।

टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत मोबाइल बन्द हुँदा पनि कल गर्ने सबैको जानकारी आउनेछ।टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ।

Tata
Swostik Collage

यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुने टेलिकमले जनायो। यो सेवा लिन *१४००# डायल गरेर दिएका विकल्प अनुसार सब एमसिए लेखेर १४००मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ।यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ। 


Share this Story

   

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सुविधा, मोबाइल बन्द हुँदा गरेको कल डिटेल आउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.