‘हामी प्रकृयामा रमायौं, त्यही भएर सात वर्षको आयोजना २७ वर्ष लाग्यो’, सुगतरत्न कंशाकारको विचार

बिजमाण्डू
२०७६ भदौ २० गते २२:०० | Sep 6, 2019
‘हामी प्रकृयामा रमायौं, त्यही भएर सात वर्षको आयोजना २७ वर्ष लाग्यो’,  सुगतरत्न कंशाकारको विचार


Tata
GBIME
Nepal Life

काठमाडौं।नेपालमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएन्।पूर्वाधारलाई प्राथमिकता नराखेकोले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ड्रइङ टेवलमै सीमित छ।२५ वर्षदेखि हामीले विमानस्थल बनाउने/नबनाउने बहसमै विताएका छौं।

कुनै एउटा आयोजनाको विषयमा २५ वर्ष विताएपछि विकासको कुरा गर्नु कोरा कल्पना मात्रै हो?निजगढ विमानस्थलको वहश सुरु भएको केही वर्षभित्रै निर्माण भएको भए देशको कायाकल्प हुन सक्थ्यो। यो विमानस्थल किन कागजमै सीमित भयो? यो मुलुकले किन विकासमा छलाङ मार्न सकेन्? मुलुक विकास नहुनुमा भूपरीवेष्ठित,भारतको ठूल्दाई प्रवृति,राजनीतिक अस्थिरता,भष्ट्राचार,राजनीतिक दलबीचको शक्ति संघर्ष लगायतका विविध दोष देखाउँछन्।

तर यो दोष देखाएर मुलुकको विकास छेक्ने काम गरिएको छ। यो सत्य होइन। अफ्रिकी मुलुक कतिपय भुपरीवेष्ठित छ तर विकासमा अगाडि छन्।ती देशले कसरी विकास गरे त्यसतर्फ वहसनै भएको छैन।नेपालको सन्दर्भको कुरा गर्दा जलविद्युत र पर्यटनलाई भुपरिवेष्ठितले कसरी छेक्छ?ल्यान्डलक्ड मुलुकको कुरा गरेर हामीले देशको विकासलाई रोक्ने काम गरेका छौं।मुलुकको विकास नहुनुमा भारत हो भन्ने भ्रम पनि छ।हामीले विकास गर्न नसक्ने र दोष अरुलाई लगाउने प्रवृति छ।ठूलो देश हुनेवित्तिकै विकास नहुने भए क्यानडाले कसरी विकास गर्यो?क्यानडाको छिमेकी देश अमेरिका हो।

अमेरिकाको छायाँमा परेर क्यानडा बसेको छैन्।तर हामी ठूलदाईले विकास गर्न दिएन भनेर कराइरहेका छौं।यो कराउनुको कुनै अर्थ छैन।हामी भूगोल परिवर्तन गर्न सक्दैनौं।हामी आफैले देशको विकास र राजनीतिक व्यवस्थापन गर्ने हो।हामीले नेपाल र भारतबीच भएको सन् १९५०को सन्धीका बारेमा पनि बहश गरिरहेका छौं।त्यो बहसको पनि अर्थ राख्दैन्।हाम्रो भन्दा खराब सन्धी जापान र अमेरिकाबीच छ तर विकासका मुद्दामा दुबै एकमत छन्।उनीहरु आफ्नो विकासका लागि हातेमालो गरेर हिडिरहेका छन्।

विकासको वाधक भने राजनीतिक अस्थिरतालाई दोष लगाउने गरिएको छ।प्रजातन्त्रमा स्थिरता खोज्नुनै मूर्खता हो।प्रजातन्त्रमा राजनीतिक अस्थिरता भएन भने अधिनायकबाद हुन्छ।प्रजातन्त्रमा प्रतिपक्षको धर्मनै सरकार ढाल्ने र आफ्नो बनाउने हो।विकसित मुलुक इटालिमा प्रत्येक ११ महिनामा प्रधानमन्त्री फेरिन्छ।तर पनि त्यहाँ विकासको क्रम रोकिएको छैन।हामी यहाँ राजनीतिक अस्थिरतालाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिदा विकासमा पछाडि परेका छौं।

भष्ट्राचारले विकास हुने सकेन भन्ने वहस हुन्छ। भष्ट्राचार समाजको क्यान्सर हो भन्ने १० कक्षा अध्ययन गर्नेलाई थाहा छ। भष्ट्राचार न्यून गर्नुको साटो हाइलाइट गर्ने काम गरियो।भष्ट्राचारको इन्डेक्स भन्दा पनि माथि गएर हामीले आफ्नै देशलाई भष्ट्र मुलुक भनेर चिनायौं।कतिपय विकसित मुलुक नेपाल भन्दा १० गुणा बढी भ्रष्ट छन् तर त्यहाँ विकास पनि भएको छ।

विकासका लागि वाधक राजनीतिक दलको आपसी संघर्षलाई देखाइएको छ।राजनीतिक दलका नेताबीच शक्ति संघर्ष नभएको मुलुक कहाँ छ?अहिले बेलायत र अमेरिकामा पनि नेताबीच झगडा भइरहेको छ।विकासका मानक मानिने देशमा नेताबीच झगडा छ।तर यहाँ भने संसारमै नेताको झगडा हुने मुलुकमा नेपाल मात्रै हो जस्तो गरेर हल्ला चलाइएको छ।झगडा नगर्ने कसरी राजनीतिज्ञ हुन्छ?

विकास नहुनुमा नेपालमा देखाइएका यी कारण होइन।विकास नहुनुमा अरु कारण छन्। तीन करोड नेपालीले योग्य नेता छान्ने संयन्त्र पाएनन्।त्यो संयन्त्र दलको विधानमा हुनुपर्छ।सबै दलको विधान अहिलेसम्म परिवर्तन भएको छैन।

त्यही कारण योग्य नेतृत्वनै अहिलेसम्म आएन्।दोस्रो भनेको कर्मचारीतन्त्रमा समस्या छ।४० वर्ष यो क्षेत्रमा विताएको आधारमा एड्मिनिस्ट्रेटर भर्सेस टेक्नोक्र्याट्स चलिरहेको छ।कर्मचारीतन्त्रभित्र असल व्यवस्थापकको अभाव छ।त्यही अभावको उदाहरण निजगढ विमानस्थल हो।सात वर्षमा सक्नुपर्ने योजना २५ वर्षसम्म कागजमै सीमित हुनुमा कर्मचारीतन्त्रनै दोषी हुन्।अर्को उदाहरण राजधानीसँग जोडिएको मेलम्चीनै हेरे पुग्छ।राज्य संचालन गर्ने उच्च निकाय भएको राजधानीमै खानेपानीको योजना २७ वर्ष लाग्छ भने वाहिरको कुरा गर्नुको कुनै अर्थ छैन।हजारौं वर्ष अघि ढुंगेधारा बन्ने तर हामी मेलम्चीबाट पाइप हालेर खानेपानी ल्याउन नसक्ने? यो किन भइरहेको छ?यसमा कर्मचारी दोषी छैनन्?

सात वर्षमा सक्नुपर्ने योजना २७ वर्ष पुग्दा पनि हामी ऐन ठीक भनेर बसिरहेका छौं।हाम्रो प्रकृया धेरै लगाउने ऐन नियम छ।क्रमभंग गरेर विकासमा छलाङ मार्ने हो भने अहिलेको ऐन खारेज गर्नुपर्छ।सार्वजनिक खरीद ऐन तत्कालै परिवर्तन गर्नुपर्छ।सिंगापुरको खरीद ऐनलाई अपनाउनु आवश्यक छ।कतिपयले ऐन/नियम नेपाली माटो सुहाउँदो चाहिन्छ भन्छौं।तर हामीले मोबाइल आइफोन र सामसङको अत्याधुनिक चलाउन हुने तर ऐन भने माटो सुहाउँदो चाहिने?सिंगापुरको सार्वजनिक खरीद ऐन २१ पानाको छ भने दफा तथा उपदफा ९५ वटा छ।तर हाम्रो खरीद ऐन ५० पाना र दफा र उपदफा ३ सय ५० पेज छ।हामीले चाहिने/नचाहिने कुरा राखेका छौं।

हामी प्रकृयामा रमाइरहेका छौं।विभिन्न निकायमा फाइल लगेर प्रकृयाको काम गर्दा कर्मचारी पनि खुशी छन्।प्रकृयामै रमाएपछि विकास कसरी हुन्छ? विकासका लागि निर्माण कम्पनीलाई विकसित देशले सहयोगीको रुपमा लिन्छन्।तर यहाँ निर्माण कम्पनीलाई चोर र फटाहा भन्छौं।निर्माण कम्पनीलाई चोर भनेपछि सात वर्षको काम २७ वर्ष लागिहाल्छ।हिजो मात्रै एसियाली विकास बैंकका नेपालका कन्ट्री डाइरेक्टरले हामीलाईनै गाली गरिरहेका थिए।ठेकेदारले सित्तैमा काम गर्दैनन्।नाफा चाहिँदैन भन्ने व्यापारीनै होइनन्।

भष्ट्राचारमुक्त भएर व्यवसायीलाई नाफा गर्न दिने वातावरण बनाउनुपर्छ।तर हाम्रो सार्वजनिक खरीद ऐनले सबैभन्दा काम नलाग्ने थोत्रो ठेकेदार छान्नुपर्छ भन्छ।एक तारे ठेकेदार खोजेर पाँच तारे स्तरको कसरी हुन्छ? त्यो ठेकेदारले काम कसरी गर्छ? त्यसपछि त्यो आयोजना सात वर्षमा कसरी पूरा हुन्छ?(राष्ट्रिय व्यवसायिक पहलले गरेको कार्यक्रममा नेपाल वायुसेवा निगमका पूर्व प्रवन्ध निर्देशक कंसाकारको मन्तब्यको संपादित अंश)