सार्वजनिक संस्थालाई दिएको ऋण जोखिमपूर्ण,चिनियाँ बैंक सुरक्षित, बोर्डमा जाने कर्मचारीलाई भत्ता

बिजमाण्डू
२०७६ भदौ २३ गते १७:४१ | Sep 9, 2019
सार्वजनिक संस्थालाई दिएको ऋण जोखिमपूर्ण,चिनियाँ बैंक सुरक्षित, बोर्डमा जाने कर्मचारीलाई भत्ता


काठमाडौं। सार्क मुलुकमा रहेका बैंकमा पैसा राख्दा जोखिम भारित सम्पति २० प्रतिशत राख्नु पर्ने ब्यवस्थामा चिन पनि थपिएको छ। पहिले चिनका बारेमा जोखिम भारित सम्पति कति राख्ने प्रष्ट थिएन। अब भने २० प्रतिशत राख्नु पर्ने छ।

Tata
GBIME
Nepal Life

यसको अर्थ हो, चिन पनि कारोबारका लागि सुरक्षित छ। यद्यपी चिनका कतिपय बैंकसँगको कारोबार भने अझै पनि समस्यामा नै छ। 

राष्ट्र बैंकले सार्बजनिक संस्थाहरुलाई दिने ऋणको जोखिम भार बढाएको छ। राष्ट्र बैंकले सोमबार यसबारे निर्देशन जारी गरेको छ। विगतमा २० प्रतिशत जोखिम भार राख्नु पर्नेमा अब सत् प्रतिशत राख्नु पर्छ। यसले सार्बजनिक संस्थाहरुमा जाने ऋण पनि सुरक्षित छैन भन्ने देखाउँछ।

यद्यपी क्रेडिट रेटिङ गराउँदा राम्रो रेटिङ पाएकाहरुकोमा भने २० प्रतिशत मात्रै जोखिम भारित सम्पति राखे हुन्छ। बैंकबाट आयल निगम, खाद्य संस्थानजस्ता निकायले ऋण लिने गरेका छन्।

अबदेखि क्षेत्रीय स्तरका विकास बैंक तथा वित्तीय कम्पनीहरुले पनि स्ट्रेस टेस्टिङ गराउनु पर्ने भएको छ। यसअघि बाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंक र फाइनान्स कम्पनीले मात्र गराउन पर्थियो।

राष्ट्र बैंकले सञ्चालक समितिमा जाने कर्मचारी तथा कम्पनी सचिवलाई पनि आवश्यक भत्ता दिनु पर्ने ब्यवस्था गरेको छ। पहिले तलबी कर्मचारी र कर्मचारीकै रुपमा रहेका कम्पनी सचिव बोर्ड बैठकमा जाँदा भत्ता पाउँदैन थिए। अब भने पाउने छन्। कति भत्ता दिने भन्ने निर्णय भने सञ्चालक समितिले तोक्ने छ।