कार्ड नचलेर भारतमा अलपत्र परेकालाई राष्ट्र बैंकले भुक्तानी दिने, यसरी अलपत्रलाई भुक्तानी

बिजमाण्डू
२०७६ भदौ २५ गते ११:०७ | Sep 11, 2019
कार्ड नचलेर भारतमा अलपत्र परेकालाई राष्ट्र बैंकले भुक्तानी दिने, यसरी अलपत्रलाई भुक्तानी

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतमा कार्ड नचलेर अप्ठेरोमा परेका  नेपालीहरुलाई सहयोग गर्न नेपाल राष्ट्र बैंकले हात अगाडि बढाएको छ।

चिनियाँ ह्याकरले प्रणाली ह्याक गरेर एटिएम बुथबाट पैसा लुटेपछि कार्डबाट हुने भुक्तानी सेवा भारतमा अबरुद्ध छ। कोही नेपाली औषधि उपचार वा अन्य कुनै कारणले भारत पुगेर पैसा झिक्न नपाएका रहेछन् भने उनीहरुलाई राष्ट्र बैंकले सहयोग गर्ने भएको हो।

भारत पुगेकाहरुको परिवारले राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाको फोन नम्बर ९८५१२१०९१९ मा सम्पर्क गरेमा उनीहरुलाई २४ घण्टाभित्र भुक्तानी सेवा उपलब्ध हुने छ।

'नेपालमा रहेका परिवारको एक सदस्यले हामीलाई सम्पर्क गर्नु भयो भने हामी भारतमा रहेका ब्यक्तिलाई भुक्तानी उपलब्ध गराउँछौं' प्रवक्ता निरौलाले भने।

राष्ट्र बैंकले आगामी तीन दिनभित्र प्रणाली सूचारु गर्ने जनाएको छ।  प्रणाली सूचारु नहुन्जेलसम्मका लागि राष्ट्र बैंकले सम्बन्धित ब्यक्तिलाई भारतमा पैसा उपलब्ध गराउने छ।