काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो एक्सटेन्सन काउन्टर र एटिएम मेशिन ललितपुर जिल्ला अदातल परिसमा राख्ने भएको छ।
बैंक र ललितपुर जिल्ला अदालत लगनखेलबीच भएको सम्झौता अनुसार अदालतले एक्सटेन्सन काउन्टर र एटिएम मेशिन संचालनकालागि स्थान उपलब्ध गराउने छ।
समझौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे।
ललितपुर अदालत परिसरमा एक्सटेनस काउन्टठर तथा एटिएम मेशिन संचालनमा आएसँगै अदालतमा जाने सेवाग्राहीलाई आवश्यक रकम ब्यबस्थापन गर्न सहज हुनेछ।