सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघ्यो, ठूला कर्पोरेट पनि जोडिए

बिजमाण्डू
२०७६ भदौ २५ गते १७:५६ | Sep 11, 2019
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघ्यो, ठूला कर्पोरेट पनि जोडिए


Tata
GBIME
Nepal Life

काठमाडौं। सामाजिक सुरक्षाकोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको सामाजिक सुरक्षा कोषले जनाएको छ।

यहि भदौं २५ गतेसम्मको तथ्याङ्कमा चार हजार सात सय ९० संस्थाका ५० हजार १४० श्रमिक सूचीकृत भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए।

अहिले सूचीकृत हुने रोजगारदाता कम्पनीहरुमा नेपालका ठूला व्यवसायिक घरानाहरु अगाडि देखिएका छन्। चौधरी ग्रुप, गोल्छा अर्गनाईजेसन, डाबर नेपाल, सुर्य नेपाल,शिवम सिमेन्ट, युनिलिभर, जिफोर एस सहित ११७ वटा आउट कम्पनी कोषमा दर्ता भएका छन्।

नेपाल मेडिकल कलेज, किरण सुज (गोल्डस्टार), सोल्टी होटल, मेरियट होटल, शंकर ग्रुप, यति डिष्ट्रिलरी लगायतका कम्पनी पनि आवद्ध भएका छन्।सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहजताका लागि कोषले कल सेन्टर स्थापना गर्ने पनि जनाएको छ।