विराटनगरमा पनि टाटा एच फाइभको बिक्री सुरु, एसयूभीमा आमूल परिवर्तन ल्याउने विश्वास

बिजमाण्डू
२०७६ भदौ २६ गते ११:२४ | Sep 12, 2019
विराटनगरमा पनि टाटा एच फाइभको बिक्री सुरु, एसयूभीमा आमूल परिवर्तन ल्याउने विश्वास


Tata
GBIME
Nepal Life

काठमाडौं।सिप्रदी ट्रेडिङले टाटा एच फाइभ विराटनगरमा पनि बिक्री सुरु गरेको छ। टाटाको डिलर गोयल मोटर्सले एच फाइभको बिक्री सुरु गरेको हो।भारतीय बजारमा ह्यारियर भनिने एच फाइभको मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ।

नाडा अटो शोमा सार्वजनिक गरिएको यो गाडीको बुकिङ खुल्ला गरिएको थियो।बुकिङपछि धेरै इन्क्वाइरी आएको कम्पनीले जनाएको छ।कम्पनीले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको यो गाडी खराब बाटोमा समेत उच्च प्रदर्शन गर्न सक्ने जनाएको छ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ। एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ। यो गाडी ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। गाडीमा पुश बटन स्टार्टस्टप, सेमी डिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टिफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।